शुक्रवार गाइजात्रा पर्व, महेन्द्रपुलमा तायमचा नृत्य प्रतियोगिता

पोखरा ।

नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रवार र शनिबार हुने गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिताको तयारी पुरा भएको छ ।

पोखराको महेन्द्रपुल सडकमा शुक्रबार दिँउसो २ बजे बाट उद्घाटन कार्यक्रम शुरु हुने संयोजक मानकाजी माकाजुले बताए । उक्त दिन नेवारी साँस्कृतिक नृत्य, वाजा, तथा साँस्कृतिक कार्यक्रम हुनेछ । लाइभ कन्र्सट अन्र्तगत मौलिक बाजाका लागि ख्यातिप्राप्त लक्ष्य व्याण्ड, तन्त्र व्याण्ड तथा देउराली व्याण्डको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम संयोजक बुद्धराज बुद्धाचार्यले जानकारी दिए । प्रतियोगितामा पोखराका बिभिन्न टोलका ३० टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । जसमा ६ वटा महिला टोली रहेको आयोजकले जनाएको छ । साउन ३१ र ३२ गते सम्म दुइ दिन चल्ने महोत्सवमा चेतनामुलक मुलक फेसन सो, लाईभ ब्याण्ड मार्फत सांगितिक कार्यक्रम, नेवारी मौलिक नाच, विभिन्न जातीका नाच, नेवारी खानाका परिकार साथै २० वटा स्टल रहने छ ।

प्रतियोगितामा विभिन्न ८ विधाहरुमा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितमा प्रथम हुनेले नगद ३० हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वितिय हुनेले नगद २० हजार शिल्ड तथा प्रमाणपत्र, तृतीयल नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सान्त्वनाले नगद रु ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । विधागत पुरस्कार अन्तर्गत उत्कृष्ट ख्याली, बाद्यबादक, उत्कृष्ट परि र उत्कृष्ट जोक्करले रु २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा सहभागि हुने महिला टोलीहरु मध्ये प्रोत्साहन स्वरुप एक टोलीलाई उत्कृष्ट घोषणा गरी रु १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

पोखरामा तायमचा नृत्य प्रतियोगिता गर्ने चलन वि.सं २०२६ सालमा शुरु भएको हो । त्यस पश्चात २०३८ सालमा युनेस्को क्लब, २०३९ सालमा सिद्धार्थ क्लब र महेन्द्रपुलका युवाहरुले प्रतियोगिता गराएका थिए । नेवाः खलः कास्कीले २०५६ सालदेखि पोखरामा विभिन्न टोलहरुमा पालैपालो तायमचा नाच प्रतियोगिता आयोजना गर्दै आएको छ । यो पटकको जिम्म महेन्द्रपुलले पाएको हो ।

महोत्सवलाई सम्पन्न गर्नका लागि मानकाजी माकाजुको संयोजकत्वमा विभिन्न उपसमिती बनाइएको छ । १७ वटा उपसमितीहरुमा सुरक्षा व्यवस्थापन संयोजक भरत मानन्धर, खाना व्यवस्थापनमा पुष्पलक्ष्मी लाभाजु, अतिथी सत्कारमा ओमलाल बड्गामी, प्रचारप्रसारमा विकल साई संयोजक रहेका छन् । यस्तै मञ्च व्यवस्थापनमा बुद्ध गुभाजु, साउण्डमा बुद्धराज गुभाजु, स्वंमसेवक परिचालनमा रविन मानन्धर, अर्थमा विष्णुमान कायस्थ, व्यानर व्यवस्थान संयोजकमा निर्मल जोजिजु रहेका छन् । यसैगरि फोटोमा दीपक मुल्मी, साँस्कृतिकमा सुमन मर्सानी, स्वास्थ्यमा इन्द्रकमल मानन्धर, यातायातमा अनन्त कायस्थ संयोजक रहेका छन् । यसैगरि छपाइ व्यवस्थापनमा असिम पालिखे, सजावटमा निश्चल श्रेष्ठ, स्टल व्यवस्थापनमा रोशन महर्जन र मायाको चिनो तथा प्रमाणपत्र व्यवस्थापनमा कृष्ण मानन्धर संयोजक रहेका छन् ।

नेवार समुदायमा कसैको मृत्यु भएमा त्यसैबर्ष जनैपूर्णिमाको भोलीपल्ट प्रतिपदाको दिन पितृ उद्धारार्थ मृत्यु हुने व्यक्तिको लुगा, गरगहनालाई सजिसजाउ गरी महिला भए गाई र पुरुष भए गोरुको कलात्मक मुकुण्डो वनाई वजार परिक्रमा गर्ने गरिन्छ । प्रारम्भ काठमाण्डौं उपत्यकाका तत्कालिन राजा प्रताप मल्लले पुत्र वियोगमा रहेकी आफ्नी रानीको मन वहलाउनका लागि गरेको भनाइ प्रचलित छ ।

ताय्मचा नाचको प्रतियोगिता गर्ने चलन वि.सं २०२६ सालमा शुरु भएको हो। पहिलो तायमचा नृत्य प्रतियोगितामा रानीपौवा प्रथम भएको थियो भने दोश्रो पटकको प्रतियोगितामा तेसापट्टी प्रथम भएको थियो। उहाँका अनुसार तायमचा नृत्य प्रतियोगिता युनेस्को क्लब (२०३८साल), सिर्द्धार्थ क्लब (२०३९साल) र महेन्द्रपुलका युवाहरुले (केहि पटक) प्रतियोगिता गराएका थिए भने बीचबीचमा प्रतियोगिता रोकिएको पनि थियो। खासगरी नेवाः खलः कास्कीको स्थापना भए पछि २०५६ सालदेखि पोखरामा विभिन्न टोलहरुमा पालैपालो तायमचा नाच प्रतियोगिता हु“दै आएको छ।