महानगर प्रमुख र उपप्रमुखद्धारा जनै पूर्णिमाको शुभकामना

पोखरा ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले हिन्दु धर्मालम्बीहरुको महान पर्व जनैपूर्णिमा, रक्षाबन्धनको अवसमा शुभकामना व्यक्त गरेका छन् ।

बुधबार शुभकामना सन्देश जारी गदै जनै पूर्णिमाको पावन अवसरमा पोखरा महानगरबासी, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ती, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना गरेका छन् । जनै पूर्णिमा, दिदी, बैनी र दाजुभाइको गहिरो नाता हातमा रक्षाको धागो लगाएर पवित्र सम्बन्धलाई अटल राख्ने महत्वपूर्ण दिनका रुपमा मानिन्छ १

रक्षा शब्दको अर्थ रक्षा भनेको संरक्षण वा सम्भाल गर्नु भन्ने बुझिन्छ भने बन्धन शब्दको अर्थ कुनै सम्झौता वा प्रतिज्ञामा सामेल हुनु वा प्रण गर्नु हो भन्ने अर्थ लाग्दछ । त्यसैले हामीले पनि आफ्नो संस्कार, संस्कृतिको रक्षा गर्न कर्मलाई पवित्र, मान्दै यसलाई महत्वपूर्ण र श्रेष्ठ तथा दिव्य बनाएर आफ्नो देश तथा विश्वको रक्षा गर्ने पवित्रताको प्रण गरौ शुभकामना सन्देशमा भनिएको छ ।

नेपाल बहुजाती, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँ विभिन्न जाती तथा समुदायले मनाउने आफना मौलिक चाडपर्वहरु छन् । जुन चार्ड पर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कार्यम गदै विविधतामा एकता थप्दै आपसी सद्भाव प्रगाढ बनाएको छ । यस्ता चार्ड पर्वले समुदायवीच सद्भाव कायम राख्दै पोखरा महानगरलाई साँस्कृतिक, आर्थिक र सामाजिक रुपमा एकिकृत बनाउन भुमिका खेल्ने विश्वास गरेका छौ सन्देशमा भनिएको छ ।