वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग

पोखरा ।

पोखरा उद्योग वाणिजय संघको आयोजनामाविरगञ्जमहानगरपालिका वडा ३१ को बलेवा स्थित मुसहरबस्तीकापचास बाढीपिडित घरधुरीलाई ३ लाख बराबरको खाद्यान्नतथा लत्ताकपडा सहयोग गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघका उपमहासचिवचिनु गुरुङले व्यापारीहरुको छाता संगठन भएतापनिपोखरा उद्योग वाणिज्य संघले आपत–विपतमा परेकाहरुलाई सहयोग गर्दै आएकोबताउनुभयो ।उहाँले यस अभियानलाई विभिन्नसंघसंस्थाहरुको सहकार्य र समन्वयमासफलपारिएको प्रतिखुसी प्रकट गर्दै यस्ता प्राकृतिकप्रकोपलाई न्युनिकरणमा सबैको ध्यानजानआवश्यक रहेको बताउनुभयो ।

वडा नं ३१ को बलेवामामुसहर जातिको बाहुल्यता रहेका र शिक्षातथा स्वास्थ्यको दृष्टिकोणले पछाडी रहेको बताउँदै स्थानिय सरकारले मुसहर जातिकाबालबालिका, महिलाएवं युवाहरुका क्षेत्रमा महत्वपुर्ण कामगर्न अझै बाँकी रहेको गुरुङले बताउनुभयो ।

राहतवितरण कार्यक्रममाबोल्दै बलेवा वडा नं ३१ का वडासदस्य अदालतअन्सारीले पोखरादेखि यति टाढा आएर अत्तिव्यवस्थिततरिकाबाट राहतवितरण गरेकोमापोखरा उद्योग वाणिजय संघलाई विशेष धन्यवाददिनुभयो ।उहाँँले यस ठाउँमा राहतवितरणका नामसिफ्र नाम राख्न र देखाउनमात्रआउने गरेको गुनासो राख्नुभयो ।उहाँले यो राहतवितरण पहिलोपटक व्यवस्थित र मर्यादिततवरबाट भएको कुरा राख्दै मुसहर बाढी पिडितलाई ठुलो राहतभएको तर्क गर्नुभयो ।

उक्तमुसहरबस्तीमा रहेका स्थानीयबासिन्दाहरुलाई पखेटा नेपालकाअध्यक्षविनु श्रेष्ठले सेनेटरी प्याडको उपयोगिताबारेमाजानकारी दिनुभएको थियो ।

सो राहतवितरण अभियानमापोखरा वाणिज्य संघका प्रतिनिधिहरु, बालश्रम न्युनिकरण कार्यक्रमका परियोजना संयोजकप्रिती पाण्डे, प्रशासन संयोजक सरिताताम्रकार, नेपाल व्युटिसियन संघका गण्डकी प्रदेशकाअध्यक्षकल्पनाकोईराला, लायन्स क्लबअफपोखरा व्युटी सिटिका प्रथमउपाध्यक्षमिनाप्रधानलगायतको उपस्थिति रहेको थियो ।

राहतवितरण अभियानमावीरगञ्जमहानगरपालिका वडा ३१ को बलेवाका सुरक्षाकर्मी तथाजनप्रतिनिधिको निगरानीमासाम्रागीवितरण गरिएको थियो ।