आगोलागीको घटना प्रति दुख व्यक्त

पोखरा ।

पोखरा चेम्बर अफ कमर्स कास्कीले पोखरा ८ न्युरोडको एस मिनी मार्केटमा मंगलबार भएको आगजनीको घटना प्रति दुख प्रकट गरेको छ ।

चेम्बर अफ कमर्सकास्कीकाकार्यबहाक अध्यक्ष प्रेमबहादुर भुजेल र महासचिव उमराज बास्तोलाले सयुक्त रुपमा प्रेस विज्ञप्ति प्रकाशित गरी अकल्पनिय र अप्रत्यासित रुपमा भएको आगजनी भएको घटनाबाट मिनीमार्केटमा व्यवसायी गरी बसेका तमाम व्यवसायीहरुको पसलहरु पूर्ण रुपमा क्षति भएकोमा दुख प्रकट गरिएको छ ।

विज्ञप्तिामा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदुनाथ अधिकारी समेतको लगानीमा मार्केट निर्माण गरी सञ्चालन गरिएको उल्लेख छ । विज्ञप्तिमा मार्केटमा फ्लोरिङ, फर्निसिङ, फेन्सी, फलफुल, खाजा पसल ग्लास हाउस साडी कुर्ता एवं कपडा पसल समेत सञ्चालन गरेका सम्पूर्ण व्यवसायीहरुको ४ करोड ७९ लाख बराबरको क्षति भएको जनाइएको छ ।

आगोलागीको संवेदनशील घटनाबाट प्रभावित व्यवसायीहरुलाई विचलित नहुन आग्रह गर्दै विज्ञप्तिमा सम्बन्धित पक्षलाई सक्दो सहयोग अविलम्ब रुपमा गर्न हार्दिक अपिल गरिएको छ ।