हार्डवयर एशोसिएशनको २६ औं साधारणसभा सम्पन्न

पोखरा ।

पोखरा हार्डवयर एशोसिएशन कास्कीको २६ औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री विकास लम्सालले कार्यक्रमको उद्घाटन गर्दै नीति नियमको परिधिभित्र रहेर व्यवसाय गर्नुपर्ने कुरामा जोड दिनुभयो । उक्त अवसरमा विशेष अतिथि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले व्यवसायीका समस्या बारे अवगत गराउनु भएको थियो ।

उक्त अवसरमा साधारणसभा कार्यक्रमलाई सहयोग गर्ने सहयोगीदाता सिद्धार्थ सिमेन्ट उद्योग र श्री स्टील प्रालिलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, वस्तुगत संघसंस्था एवं डिपो र संस्थासँग आवद्ध व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष कृष्ण मुरारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु प्रेम उलक, परमेश्वर आचार्य, बरिष्ठ सल्लाहकार प्रेम प्रसाद पौडेल, तिर्थ बहादुर बस्नेत, रामचन्द्र थापा, नारद प्रसाद पराजुली, विष्णु तिमिल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष पृथ्वीराज तिमिल्सिनाले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन संस्थाका महासचिव अर्जुन बहादुर थापाले गर्नुभएको थियो ।