आगलागी नियन्त्रण

पोखरा ।

पोखराको न्यूरोडमा रहेको एक फर्ममा भएको आगलागी नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी, दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

भाटभटेनी नजिकै रहेको उक्त फर्ममा दिउँसो ४ बजे तिरबाट आगलागी भएको हो । आगजनीको कारण खुलेको छैन । भाटभटेनी सुपर मार्केटको आडमा रहेको शुभकामना फर्निचरकबाट सुरु भएको आगोलागि बाट अहिलेसम्म ४ वटा पसल जलेर नष्ट भएको छ ।

आगोलागि भएको स्थानमा जोडिएर रहेका अन्य पसलहरुको सामान सुरक्षीत स्थान तर्फ सारिएको छ भने सिटिजन बैक पनि नजिक रहेको छ । प्रारम्भीक जानकारी अनुसार फर्निचर मा राखिएको पर्दा बाट आगो सुरु भएको थियो । उक्त स्थानमा जुस, रेष्टुरेन्ट तथा किराना पसल रहेका थिए ।