दारी ग्याङ पोखराको रक्तदान सम्पन्न

पोखरा /अन्तराष्ट्रिय युवा दिवसको अवसरमा दारी ग्याङ पोखराले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट १३० युनिट रगत संकलन भएको छ । क्षेत्रीय रक्तसंचार सेवा केन्द्र कास्कीको प्राविधिक सहयोगमा भएको कार्यक्रमको गण्डकी प्रदेशका सांसद राजीव पहारीले पहिलो रक्तदाता विवेक चालिसेलाई ब्लड ब्याग हस्तान्तरण गरि उदघाटन गरे ।

पोखरा आसपासका क्षेत्रमा दिनहुँजसो विभिन्न संघसंस्थाहरुको आयोजनामा रक्तदान भैरहेकाले पहिलेका वर्ष हरुमाझैँ यो पटक रगत अभाव नभएको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रले जानकारी गराएको छ ।

कार्यक्रममा प्रथम पटक रक्तदान गर्नेहरुको धेरै उपस्थिती रहेको दारी ग्याङ पोखराका संयोजक बसन्त पहारीले बताए । उनका अनुसार महिला दिदीबहिनीहरुको पनि उल्लेख्य सहभागिता थियो । दारी ग्याङ पोखराका पुर्व संयोजक शेखर गौतमले स्वागत गरेको कार्यक्रमको संचालन बिक्रम पाण्डेले गरेका थिए ।

सामाजिक संजालद्धारा स्थापीत उक्त समूहले यसअघि पनि अन्य विभिन्न सामाजीक कार्य गरेको थियो ।  दारी ग्याङमा हालसम्म देशैभर गरि १ लाख ४ हजार भन्दा बढि सदस्य आवद्ध रहेका छन् ।


तस्बिरहरु :