लगानी सम्मेलन सुरू, ४० देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी

काठमाडौं – सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन।

काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उदघाटन गरेपछि अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको विषय बस्तुबारे जानकारी गराएका छन्। विभिन्न ४० देशहरुबाट मात्रै ६ सयभन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागीता हुँदैछ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु गरी १ हजार जनाको हाराहारीमा सहभागित रहेको छ। सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरेको हो।