आईपीएल : बैंग्लोरले हार्दा डेभिलियर्सको विस्फोटक ब्याटिङ छायाँमा

बैंग्लोर :  इन्डियन प्रिमिएर लिग(आईपीएल) को दोस्रो खेलमा पनि विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स वैंग्लोर पराजित भएको छ ।  बिहीबार रातिको खेलमा बैंग्लोर रोहित शर्माको कप्तानीमा  रहेको मुम्बई इन्डियन्ससँग ६ रनको झिनो अन्तरले पराजित भएको  हो। 

घरेलु मैदान टस जितेर बैंग्लोरले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । १८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ५ विकेट गुमाए १८१ रन मात्रै बनायो । 

मुक्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । सूर्यकुमार यादव ३८ बनाए भने सातौं नम्बरमा ब्याटिङमा आएको हार्दिक पाण्डे १४ बलमा ३२ रनको विस्फोट पारी खेली अविजित रहे ।

बैंग्लोरका लाथि युचभेन्द्र चहल एक्लैले मुम्बईको ४ विकेट लिए पनि उच्च स्कोर    बनाउनबाट भने रोक्न सकेनन् ।  १८८ रनको ठूलो लक्ष्य पछ्याएको बैंग्लोरका औसत सुरुवात गरेको थियो। अरु बेला ओपनिङ आउने विराट कोहली। बिहीबार तेस्रो नम्बरमा ब्याटिङ गर्न आए । कोहली ३२ बलमा ६ चौकाको मद्दतमा ४६ रन बनाएर आउट भए।

बैंग्लोरका लागि दक्षिण अफ्रिकाका आक्रमक ब्याट्सम्यान एबी डेभिलियर्सले ७० रनको सानदार इनिङ खेलेपनि त्यसले बैंग्लोरलाई जिसम्म पुर्‍याउन सकेन । ४१ बलमा ६ छक्का र ४ चौकासहित ७० रन बनाइ अविजित रहेका  डेभिलियर्सको उत्कृष्ट ब्याटिङ टोलीको हारका कारण छायाँमा पर्‍यो ।