मुख्यमन्त्री गुरुङद्धारा इद–उल–अजहाको अवसरमा शुभकामना व्यक्त

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व इद–उल–अजहाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङले आइतबार शुभकामना सन्देश दिँदै भनेका छन् – “ मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व इद–उल–अजहाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख–शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

शुभकामना सन्देशमा गुरुङले नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक सद्भाव एवम् सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गरेर विभिन्न समुदाय तथा संप्रदाय बीचको एकतालाई सुदृढ गर्न मद्धत गरिरहेको बताएका छन् ।

“यस पर्वले गण्डकी प्रदेशमा रहेको सबै जातजाति तथा समुदायबीच आपसी सद्भाव प्रगाढ बनाई आर्थिक, सामाजिक एवम् सांस्कृतिक रुपले समृद्ध प्रदेश निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।” सन्देशमा भनिएको छ ।