गण्डकी प्रदेश प्रमुखले दिए बकर इदको शुभकामना

पोखरा ।

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व इद–उल–जोहा (बकर इद) को अवसरमा गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले प्रदेशवासीलाई शुभकामना दिएका छन् ।

प्रदेश प्रमुख कुँवरले आइतबार शुभकामना सन्देश जारी गर्दै इदजस्ता मौलिक पर्वले भातृत्व, अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको बताएका छन् ।

प्रदेश प्रमुख कुँवरको शुमकामना सन्देशमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता भएको नेपालमा विभिन्न जातजाति र समुदायले मनाउने यस्तै अनेकन मौलिक चाडबाडले धार्मिक, साँस्कृतिक, सामाजिक समभाव र सहअस्तित्व कायम गरि सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको जनाएका छन् ।

‘मुस्लिम धर्मावलम्बिहरुले महान पर्वका रुपमा खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाउने बकर इदले छुट्टै मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको छ’ प्रदेश प्रमुख कुँवरको शुभकामना सन्देशमा भनिएको छ,‘बकर इदले विविध धर्म र सँस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासीहरुमा भातृत्व, अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ भन्ने विश्वासका साथ गण्डकी प्रदेशवासी सबै दिदीबहिनी दाजुभाइप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव एकता, भातृत्व र अपनत्व एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’