नयाँबजार मेलामा आज बिक्रमको प्रस्तुती

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकन कर्ताको भीडभाड लागेको थियो। मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको मेला हेर्नेहरुको घुँइचो लागेको हो ।

शनिबार करिब ३२ हजार जनाले मेला अवलोकन गरेको अनुमान थियो ।अवलोकनकर्ता बढेपछि कारोवार पनि बृद्धि भएको थियो ।

संघले आयोजना गर्ने मेला एकपटक पुग्नै पर्ने गन्तव्यको रुपमा विकास भएकोले पनि शनिबार भीडभाड भएको हो’, संघका अध्यक्ष दामु अधिकारीले भने,‘ यो मेला किनमेल गर्ने, उपभोक्ता र उत्पादकबीच सम्बन्ध स्थापना गर्ने माध्यम पनि हो ।’

मेला अब दुई दिन मात्र चल्ने स्मरण गर्दै उनले आम पोखरेलीलाई एकपटक मेलामा आउन निम्तो पनि दिए । पोखरा उद्योग वाणिज्य संघले मेला स्थलमै आयोजना गरेको उद्योग र व्यवसाय प्रवद्र्धनसम्बन्धी सेमिनार शनिबार सम्पन्न भएको थियो ।

दुई दिने ‘बि टु बि’ सेमिनारमा उद्यमी र व्यवसायीको लागि आवश्यक पर्ने सीप, बजार प्रर्वद्धनका कलाहरु, आफ्नो उत्पादनको ब्राण्डिङ, व्यवसाय र व्यवसायीबीच, व्यवसायी र सरकारबीच तथा व्यवसायी उपभोक्ताबीचको सम्बन्धबारे सहभागीहरुलाई जानकारी गराइएको थियो ।

सेमिनारमा ६२ जना उद्योगी र व्यवसायीहरुको सहभागिता रहेको सेमिनार संयोजक तथा पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चिनु गुरुङले जानकारी दिईन् ।

तालीम समापन कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले आफ्ना उत्पादनहरुको बजारीकरण गर्ने सीप भए सानो पूँजीले पनि उद्यमी/व्यवसायी बन्न सकिने बताए ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलको संचालन रहेको कार्यक्रममा बोल्दै सेमिनारका प्रशिक्षक तथा औद्योगक व्यवसाय विकास प्रष्ठिान पोखराका प्रमुख रामप्रसाद तिवारीले ग्राहकसँगको दीर्घकालीन सम्बन्धले मात्र व्यवसायले सफलता पाउने बताए ।

सेमिनारमा सहभागी गुन्युचोली बुटिकका संचालक जुष्मा थापा पाण्डेले यस्ता गोष्ठी र तालीमहरु धेरै अगाडि लिन पाएको भए अझ राम्रो हुने धारणा राख्दै सेमिनार अत्यन्त फलदायी भएको बताइन् ।

आइतबार पोखराको नयाँबजारमा जारी एक्सपोमा नेपालको चर्चित रियालिटी सो ‘नेपाल आइडल’ का अन्तिम प्रतिष्पर्धी बिक्रम बरालको प्रस्तुती रहनेछ ।

पोखराका बिक्रमले आज अर्थात मंसिर २३ गते दिउसो ३ बजे आफ्नो गायन प्रस्तु गर्ने संघका कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छेले जानकारी दिए ।

यसैगरी आइतबार लोकगीततर्फ पुरुषोत्तम न्यौपाने, चद्र शर्मा, चोलेन्द्र पौडेल, शिव हमाल , अञ्जली अधिकारी, सिरजु अधिकारी,घनश्याम रिजाल, सीता केसी,सरला पाण्डे,लक्ष्मी नेपाली, लक्ष्मी बराल लगाएतको प्रस्तुती रहनेछ भने हाँस्यतर्फ पोखरेली माग्ने बूढा र धुर्मुस विशेष आकर्षण रहनेछन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment