लायन्स क्लव अफ पोखरा चौतारीेद्धारा शैक्षिक सामग्री सहयोग

पोखरा ।

लायन्स क्लव अफ पोखरा चौतारीेले पोखराको काहुँडाँडास्थि काहुँ आधारभूत विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोषाक एवं खेलकुद सामग्री सहयोग गरेको छ । करिब ६० जना विद्यार्थी रहेको सो विद्यालय समुदायमा आधारित विद्यालय हो ।

लायन्स क्लव अफ पोखरा ३२५ बि का डिष्टिक गर्भनर इन्दु लम्लासले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै थप एक थान ल्यापटप आफ्नैं खर्चबाट प्रदान गर्ने प्रतिवद्धतासमेत जाहेर गर्नुभयो । उहाँले शिक्षाको विकास विना मुलुकको विकास सम्भव नभएकाले लायन्स क्लवले शिक्षा र स्वास्थ्यमा जोड दिंदै आएको बताउनुभयो ।

त्यसैगरि वडा नम्बर ११ का अध्यक्ष मोहन बाँस्तोलाले सामुदायिक विद्यालयलाई हेर्ने सरकारी दृष्टिकोण फरक हुनुपर्ने बताउँदै आफ्नों वडामा रहेका ४ वटा सामुदायिक विद्यालयलाई वडाले समानुपातिक ढंगबाट बजेट विनियोजन गरि शिक्षामा सुधार ल्याउने पहल गरेको बताउनुभयो ।

विद्यालयक व्यवस्थापन समितिका अध्यक्ष योगराज बाँस्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डिष्टिक प्रथम भाइस डिष्टिक गर्भनर मनबहादुर रोक्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ बस्नेत, लगायतले सामुदायिक विद्यालय र शिक्षाको गुणस्तरको बारेमा बोल्नुभएको थियो ।

लायन्स क्लवका एवोजी समेत रहनुभएका बस्नेतले सो विद्यालय संचालनका लागि ५ लाख रुपैयाँ अक्षयकोषको स्थापना गर्नुभएको छ । अहिले लायन्स क्लवकै सहयोग हुँदै गएपछि विद्यायमा आउने विद्यार्थीसंख्या पनि बढ्दै गएको र नियमित उपस्थित हुन लागको प्रअ आचार्यको भनाई छ । कार्यक्रममा लायन्स क्लव ३२५ बि का द्धितिय भाइस गर्भनर विश्वेश्वर आचार्य, क्लवका पूर्वाध्यक्षहरु लगायतले विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरेका थिए ।