कृष्ण कुमारी गुरुङ (बटौली) बजैले स्थापना गरेको अक्षयकोषबाट क्षेत्रीलाई सहयोग

पोखरा ।

पोखरा २० मौजा घर भइ हाल पोखरा लामाचौर बस्ने समाजसेवी कृष्ण कुमारी गुरुङ (बटौली बजै) ले हिमालय माविमा स्थापना गरेको अक्षयकोषको ब्याजबाट संकलित रकम एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी पूर्ण वहादुर क्षेत्रीलाई प्रदान गरिएको छ । हिमालय मावि मौजामा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई लक्षित गरी बटौली बजै र उनका छोरा पुष्पराज गुरुङ (जंग) ले स्थापना गरेको ५ लाखको अक्षयकोषबाट हाल सम्म संकलन भएको ब्याज संकलित ३१ हजार रुपैया हिमालय माबिबाट एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने मोहोरिया काफलडांडाका पूर्ण वहादुर क्षेत्रीलाई प्रदान गरिएको हो ।

७ महिना अगाडी स्थापना गरिएको अक्षय कोषबाट संकलित ब्याजको रकम हिमालय मावि मौजाबाट एसईईमा सर्वोत्कृष्ट अंक ३.३५ जिपिए ए ग्रेड ल्याउन सफल मोहोरिया काफलडांडाका पूर्ण बहादुर क्षेत्रीलाई प्रदान गरिएको हो । सहयोग रकम प्रदान गर्दै बटौली बजैले आफुले आफ्नो गाउमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनमा थप उर्जा मिलोस भनी अक्षयकोष स्थापना गरी रकम वितरण गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी वर्षहरुदेखी अक्षयकोषमा रहेको रकमको एक वर्षको व्याज एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रदान गरिने वताइन ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले हिमालय माविमा अध्ययनरत विद्यार्थीका लागी समाजसेवी गुरुङले स्थापना गरेको अक्षयकोषले विद्यार्थीको पठनपाठनमा हौसला मिल्ने वताउदै आफुले पनि आफ्नो तर्फबाट विद्यालयलाई सहयोग गर्ने वताए । साथै वडा अध्यक्ष गुरुङले कृष्णकुमारी बजैलाई बधाइ ज्ञापन सहित सु स्वास्थ्यको कामना समेत गरे । त्यसैगरी विद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष होम बहादुर गुरुङ र विद्यालयका प्रध्यानाध्यापक मणीराज परियारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनमा हौसला प्रदान गर्नका लागी कृष्णकुमारी गुरुङ जस्ता समाजसेवीको भुमिका अतुलनीय रहेको वताए ।

अक्षयकोषको रकमबाट सहयोग पाएका पूर्ण बहादुर क्षेत्रीले आफ्नो पढाइमा थप उर्जा मिलेको वताउदै आगामी दिनमा आफ्नो पढाईलाई निरन्तरता दिने वताए । सो अवसरमा विद्यालय ब्यवस्थापन समितीका सदस्य उत्तम गुरुङ, विद्यालयका सल्लाहकार समितीका सदस्य प्रकाश गुरुङ (मिथुन) लगायतको सहभागीता रहेको थियो ।