तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिले भदौ २८ गते पोखरामा स–फुँ–क्ह्याल्स साँस्कृतिक साँझ गर्ने

,
पोखरा ।

तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा आगामी भदौ २८ गते शनिबार स– पुmँ–क्ह्याल्स साँस्कृतिक साँझ आयोजना गर्ने भएको छ ।

तमू जातिको कुल धर्म बोन धर्मको बारेमा साँस्कृतिक कार्यक्रम मार्फत प्रचार प्रसार गर्ने र आगामी २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा धेरै भन्दा धेरै बोन धर्मावलम्बीको सहभागिता जनाउन सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिले आज पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

साथै कार्यक्रमले गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९, नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश भ्रमण वर्ष २०२२ लाई सहयोग पु¥याउने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मलेनमा जानकारी दिइएको छ ।

युवा समितिका अध्यक्ष शुक्रराज तमूको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले प्रथम पटक आपूmहरुले आयोजना गर्न लागेको यसप्रकारको चेतना मूलक साँस्कृतिक कार्यक्रमका लागि आपूmहरु विगत ३ महिनादेखि निरन्तर तयारीमा जुटी रहेको बताउनुभयो ।

पोखरा सभागृहमा भदौ २८ गते दिउँसो १ बजेबाट शुरु हुने कार्यक्रममा गायक मिलन लामा, गायक तथा संगीतकार धनबहादुर गुरुङ र गायिका कुशुम गुरुङको साँङगेतिक प्रस्तुति रहने छ भने तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिमा आवद्ध करिब ६० जना कलाकारले आफनो साँस्कृतिक प्रस्तुति दिने भएको छ । जसको लागि कलाकारहरु विगत २ महिनादेखि यसको तयारीमा जुटी रहेको पनि आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम सम्पन्न गर्न ११ लाख ३० हजार खर्च हुने र १६ लाख ५० हजार आम्दानी हुने आयोजकको लक्ष्य रहेको छ । तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका अध्यक्ष शुक्रराज तमूको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष जीवन तमूले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रचार संयोजक सुरज तमूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।