राधाकृष्ण मन्दिरमा ३ दिने सत्तसङ सुरु

पोखरा ।

पोखरा महानगपालिका वडा न. २५ हेमजामा अबस्थित नर्बदेश्वर तथा राधाकृष्ण मन्दिरमा ३ दिने सत्तसङ शनिबार सुरु भएको छ ।

बिगतका बर्षहरुमा झै यस बर्ष पनि साउन महिनामा शिबको महिमाको लागी सत्तसङ गरिएको हो । समाजसेबी चिरनजिबी थापाको संयोजकतोमा भएको सत्तसङमा असाहाय बालिका संरक्षक शान्ता मञ्जरीद्वारा कथा बाचन भएको छ ।

शिबजीको महत्वको कथा बाचनबाट सुरु भएको सत्तसङमा आइतबार एकादसी महिमा साथै भजन कृतन हुने छ । कथा बाचन, भजन कृतनको साथमा होम पुजा गरि सोमबार सत्तसङको समापन गरिने छ ।