तेस्रो काहुँ धरहरा महोत्सवको तयारी तिव्र,

पोखरा/ पोखरा महानगरपालिका –११ काहुँडाँडामा तेस्रो काहुँ धरहरा महोत्सव हुने भएको छ ।

काहूँको प्रवद्र्धनका लागि “काहूँ दृश्यावलोकनको एक गन्तव्य” भन्ने नाराका साथ स्थानीय जनकल्याण क्लब तथा फूलबारी क्लबले यही मङ्सिर २८ देखी पुस ८ सम्म महोत्सव आयोजना गरेर काहूँको प्रचारप्रसार गर्ने लक्ष्य राखेका छन् ।

पोखराबाट नजिकको दूरीमा रहेरपनि पछाडी परेको काहुँको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य रहेको वडा नं ११ का वडाध्यक्ष मोहन बास्तोला बताउँछन्। “यहाँको पर्यटन विकासनै महोत्सवको पहिलो प्राथमिकता हो । अहिले दृश्यावलोकनका सराङकोटलाई मात्र लिने सन्दर्भमा काहूँ धरहराको प्रवद्र्धन गर्ने ध्येय हो।” उनले भने ।

बास्तोलाले महोत्सव व्यवसायिक रुपमा नभई पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको बताए ।

धरहरा साथै दृश्यावलाकन क्षेत्रको प्रचारप्रसार गर्ने, स्थानीय लोकसंकृतिको जगेर्ना, धार्मिक महत्वको काहुँकोट देउराली मन्दिरको प्रचार, राष्ट्रिय फूल लालीगुराँसको प्रवद्र्धन तथा राज्यका सबै निकायलाई काहुँ दृश्यावलोकनको एक गन्तव्य पनि स्थापित गर्ने महोत्सवको उद्धेश्य रहेको महोत्सवका संयोजक दीपकप्रकाश आचार्य बताउँछन् ।

महोत्सवमा स्थानीय कृषि उपजको प्रदर्शन, विक्री, तथा प्रचारप्रसार गर्ने, स्थानीय संस्कृति तथा कला प्रदर्शनी, भजन चुट्का, चित्रकला, लाईभ म्युजिक, राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति, पर्वतीय दौड, साईक्लिङरेस, मालसामानको खुद्रा–बिक्रि साथै दर्शकहरु बीच रोमाञ्चक प्रतिस्पर्धाका खेलहरु रहेको प्रचारप्रसार संयोजक दामोदर आचार्यले जानकारी दिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment