लायन्स क्लव लेखनाथ गार्डेन सिटीद्धारा बृद्धाश्रममा सामाग्री बितरण

पोखरा ।

लायन्स क्लव अफ लेखनाथ गार्डेन सिटीले शनिवबार राधाकृष्ण बृद्धाश्रमका जेष्ठ नागरिकलाई फलफुल तथा दैनिक प्रयोगका सामाग्री बितरण गरेको छ । क्लवका अध्यक्ष बालकृष्ण लामिछानेको नेतृत्वमा आश्रम पुगेको टोलीले जेष्ठ नागरिकलाई उक्त सामाग्री बितरण गरेको हो ।

सामाग्री बितरण गर्दै, लायन्स क्लव इन्टरनेशनल तीन सय २५ बि वानका क्लष्टर प्रमुख महेश पौडेलले विभिन्न परिस्थितिका कारण आश्रममा रहेका जेष्ठ नागरिकलाई उनिहरुको चाहना अनुसारका सामाग्री बितरण गर्नु पर्ने बताए ।

पौडेलले राधाकृष्ण बृद्धाश्रममा खाली रहेको जग्गालाई व्यवस्थापन गरेर जेष्ठनागरिक मैत्री पार्क बनाउने योजना ल्याउन आग्रह गरे । उनले लायन्सका सदस्यहरुले आफ्नै खर्च कटाएर र मितव्ययी भएर विभिन्न क्षेत्रमा सहयोग गर्न समेत सुझाव दिए ।

कार्यक्रममा स्पोर्टस् कमिटी चियरपर्सन नवराज सापकोटाले आश्रममा समस्या परेको समयमा क्लवलाई सम्झन आग्रह गर्दै, जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण लगायतका कार्यक्रम संचालन गर्न आग्रह गरे । उनले राधाकृष्ण मन्दिरमा रहेको संस्कृतको पढाई हुने गुरुकुलमा समेत सहयोग आवश्यकता रहेको औल्याउदै, त्यस तर्फ योजना बनाउन क्लवलाई सुझाव दिए ।

जोन ९१ का जोन चियर पर्सन भक्त वहादुर के.सी ले आश्रमका समस्यामा आफ्नो जोन अन्र्तगत रहेका क्लवहरुका विच समन्वय गरेर सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले लायन्स क्लव लेखनाथ गार्डेन सिटीले निर्माण गर्ने पार्कका लागि जग्गा उपलब्ध गराईदिन समेत आश्रम संचालकलाई आग्रह गरे ।

राधाकृष्ण बृद्धाश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगलले विभिन्न दाताहरुका कारण आश्रम संचालनमा सहज भएको बताए । कार्यक्रममा ४८ जना जेष्ठ नागरिकलाई फलफुल, दैनिक प्रयोगका सामाग्री, लठ्ठी, सावुन, सरफ, हकपिक, ब्रस लगातका सामग्री बितरण गरिएको थियो । साथै आश्रम परिसरमा क्लवले रोपेका विभिन्न जातका फलफुलका ५० विरुवाको गोडमेल र थप केही विरुवा समेत रोपिएको थियो ।

क्लवका अध्यक्ष बालकृष्ण लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष चन्द्रकान्त पौडेल, फलफुल वितरण तथा बृक्षा रोपण कार्यक्रमका संयोजक एवं द्धितिय उपाध्यक्ष राजनकल्याण बड्गामी लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन सचिव इन्जिनियर रविचन्द्र घिमिरेले गरेका थिए ।