मोहरपानी आदर्श टोल विकास संस्थाको अध्यक्षमा सिग्देल

पोखरा ।

पोखरा–१३ आर्वा स्थित मोहरपानी आदर्श टोल बिकास समितिको शनिबार आर्वामा सम्पन्न दोस्रो अधिवेशनले श्रीराम सिग्देलको अध्यक्षतामा नौ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेकोे छ ।

समितिको उपाध्यक्षमा बिनबहादुर परियार, सचिव शिबराज बराल, सह–सचिव श्रीराम बराल र कोषाध्यक्षमा नमुना बराल चएन भएका छन् भने कार्यसमिती सदस्यहरूमा बिकाश बराल, सीता बराल, रामप्रसाद बराल र मनसुवा परियार चएन भएका छन् ।

त्यस्तै समितिका सल्लाहकारहरूमा ऋषीराम सिग्देल, रामजी सिग्देल, श्रीकान्त सिग्देल बिद्या बराल र कृष्ण प्रसाद बराल लाई चयन गरिएको छ । अधिवेशनको उद्घाटन बयोवृद्ध जेष्ठ सदस्य बाबुराम सिग्देलले गर्नु भयको थियो ।

नवनिर्वाचित अध्यक्ष श्रीराम सिग्देलले – आफ्नो कार्यकालमा मोहरपानी आदर्श टोल बिकास संस्थालाई एक बिषेश नमुना टोल बनाउने प्रतिवद्धा ब्यक्त गर्नु भयो । उहाँले यो महा अभियानमा सबै टोलबासीलाई साथ र सहयोग गर्न आब्हान गर्नुभयो ।

संस्थाका अध्यक्ष ऋषीराम सिग्देलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमा सल्लाहकारहरू श्रीकान्त सिग्देल, पत्रकार श्रीराम सिग्देल बासथला गनगने खानेपानी उपभोक्ता समिति आर्वाका अध्यक्ष नरबहादुर बराल, समाजसेवी रामजी सिग्देल, बिष्णुप्रसाद बराल, माधव सिग्देल, कृष्णप्रसाद बराल, जागरण आमा समुहकी अध्यक्ष सावित्री सिग्देल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थियो । सो अवसरमा कोषाध्यक्ष बद्री देबकोटाले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए ।

संस्थाकी उपाध्यक्ष बिद्या बरालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सचिव युवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।