यातायात व्यवसायीलाई मजदुरको सम्मान

पोखरा ।

पृथ्वीरामार्ग बस सञ्चालक कम्पनी प्राइबेट लिमिटेडका निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरुलाई शनिबार सम्मान गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले व्यवसायीहरुलाई सम्मान गरेको हो । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्रीले व्यवसायीहरु कम्पनीमा गए पछि यातायात क्षेत्र पनि औपचारिक क्षेत्रमा जाने बताए । यातायात मजदुरहरु पनि केही समय पछि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आउने उल्लेख गर्दै उनले सबै क्षेत्रमा काम गर्ने मजदुरले पेन्सन पाउन पर्ने धारणा राखे ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्राइबेट लिमिटेडका अध्यक्ष तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका उपाध्यक्ष योगेन्द्र केसीले कम्पनी अन्तर्गत सार्वजनिक यातायातलाई प्रस्थान विन्दु किटान भएता पनि गन्तव्य निर्धारण नभएको बताए । कम्पनीमा जाँदा पहिला व्यवसायी स्थापित भएर यातायात मजदुरको सेवा सुविधामा ध्यान दिने उल्लेख गर्दै उनले नयाँ परिवेश अनुसार व्यवसायीहरु आत्म निर्भर बन्दै सामाजिक सुरक्षा लागु गर्नमा ध्यान दिने धारणा राखे ।

कार्यक्रममा जिफन्टको सामाजिक सुरक्षा तथा सहकारी प्रर्वद्धन समितिका सदस्य ईश्वरप्रसाद आचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रीय सचिव बलराम सापकोटा, यातायात स्वतन्त्र मजदुरसंगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इञ्चार्ज कर्णसिं गुरुङ, संगठनका केन्द्रीय सचिव विष्णुबहादुर पराजुली, संगठनका गण्डकीका अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्री, संगठनका सहसचिव तिलबहादुर विक,प्रदेश सदस्य तथा लामोदुरी इकाईअध्यक्ष श्यामप्रसाद बजगाई लगायतले मन्तव्य राखेका थिए ।