बि फिट नेपालको आठ हप्ते वेट लस ट्रास्र्फमेसन च्यालेन्ज साउन २६ बाट हुँदै

पोखरा ।

स्वास्थ र सभ्य समाजको निर्माणमा सहयोग पु¥याउन ‘सिट लेस, मुभ मोर एण्ड बि फिट’ भन्ने नारालाई आत्मसाथ गर्दै बि फिटनेस नेपालले यही साउन २६ गतेबाट आठ हप्ते वेट लस् ट्रास्र्फमेसन च्यालेन्जको आयोजना गर्ने भएको छ ।

विश्वमा विभिन्न प्रकारका रोगहरुहरुको प्रकोप बढ्दो क्रममा रहेको र त्यसमा पनि नेपाल जस्तो बिकासोन्मुख देशमा दक्ष फिजिकल ट्रेनरको अभाव रहेको हुँदा हरेक उमेर समुहका व्यक्तिहरुका निम्ति यस कार्यक्रमको आयोजना गरिएको बि फिट नेपालका निर्देशक कमल भण्डारीले बताउनुभयो ।

कमल भण्डारी १२ औँ साउथ एसियन बडीबिल्डर कम्पिटिसन ६० केजी सिल्भर मेडलिस्टका साथै ५१ औँ मिटर एसिया ५५ केजीमा तृतीय स्थान प्राप्त गर्न सफल एक नेपाली खेलाडी बडी बिल्डर हुनुहुन्छ ।

यस संस्थाले बिना कुनै साईन्टिफिक, रासायन बिना प्रोफेसनल फिजिकल प्रशिक्षकहरुद्वारा प्रशिक्षण गराउँदै आएकोमा यही २०७६ जेठ २६ गते आयोजना गरिएको ८ हप्ते वेट लस् ट्रास्र्फमेसन च्यालेन्जमा १ सय ६ जना प्रशिक्षार्थीहरुले भाग लिएको भण्डारी जानकारी दिनुभयो ।

उक्त च्यालेन्ज निकै नै प्रभावकारी भएकोे र त्यसलाई नै निरन्तरता दिने उद्देश्यले फेरी यो कार्यक्रमक आयोजना गर्न लागिएको उहाँले भनाई थियो ।

बि फिट नेपालको ८ हप्ते वेट लस् ट्रास्र्फमेसन च्यालेन्जमा सहभागी हुनका निम्ति अनलाईनको माध्यमबाट वा आफ्नो नजिक रहेका जुनसुकै जिम हाउसबाट यो सेवा लिन सकिने संस्थाका संचालक क्षितिज खड्काले बताउनुभयो । त्यसका लागि प्रति व्यक्ति रु ८ हजार ५ सय शुल्क लाग्ने खड्काले जानकारी दिनुभयो ।

यस कार्यक्रममा न्युट्रिसियन केयर नेपालको आवद्धतामा प्रोफेसनल ट्रेनर्सहरुबाट हरेक व्यक्तिहरुको डाईट प्लान गरी घरमै वा जिम हाउसमै रही निगरानी गरिने उहाँले बताउनुभयो ।

लामो समयदेखि अष्ट्रेलियामा रही ईएफएम हेल्थ क्लब बुरवुड संचालन गर्दै आउनुभएका खड्काले नेपाली जनसमुदायमा फिटनेशको बारेमा जनचेतना दिने उद्देश्यका साथ नेपालमा बि फिट नेपालको सुरुवात गर्नुभएको हो ।

विगत ४ महिनादेखि पूर्ण कानुनी मान्यता लिई फिटनेस क्षेत्रमा कार्यको थालनी गरेकोमा हालसम्म काठमाडौँ, बनेपा, पोखरा, चितवन बुटवल, विराटनगर र स्याङ्जा गरी देशका १६ वटा ठाउँमा यस संस्थाले आफ्नो कार्य विस्तार गरेको छ ।