हरिहर गुफा सन्यास आश्रममा तेश्रो सोमबार भक्तजनको भीड

पोखरा ।

हरिहर गुफा सन्यास आश्रममा साउनको तेश्रो सोमबार उल्लेख्य भक्तजनहरुले सहभागीता जनाएका छन । नागपञ्चमी संगै सोमबार बोलवम परेकाले भक्तजनहरुको बाक्लो सहभागीता रहेको थियो । पोखरा महानगरपालिका वडा नम्बर २० ले हरिहर गुफा सन्यास आश्रममा पहिलो पटक बोलबमको आयोजना गरेकाले पनि भक्तजनहरुले उल्लेख्य सहभागीता जनाएका हुन ।

भक्तजनहरुले पोखराको सेती नदी र काली खोलाको संगम स्थल रिट्ठाघाटबाट जल सहित शोभायात्र निकाली हरिहर मन्दिर परिसरमा पुगी त्यहा रहेको शिव लिंगमा जल चढाउने गर्छन । जस अनुरुप साउन महिनाको तेश्रो सोमबार पनि भक्तजनहरुले रिट्ठाघाटबाट सेती नदीको जल लिएर हरिहर गुफा परिसरमा पुगेका थिए ।

यो वर्षदेखी सुरु भएको बोलवम यात्रालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले वताए । बोलवम मात्र नभइ हरिहर गुफामा धार्मिक पर्यटक भित्रयाउनका लागी विभिन्न पर्वहरु वाला चतुर्दशी, शिवरात्री जस्ता पर्वहरुमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरिने गुरुङले वताए । पोखरा देखी नजिकैै रहेको भएतापनि हरिहर गुफा प्रचार प्रसारको ओझेलमा परेकाले गुफाको प्रचार प्रसार गरी हरिहर गुफामा धार्मिक पर्यटक भित्रयाउनका लागी पोखरा महानगर र त्यसमा पनि सिंगो वडा नम्बर २० लागी परेको उनको भनाइ रहेको थियो ।

हरिहर गुफा सन्यास आश्रमले पनि वडा संग समन्वय गरी यो वर्षदेखी वोलवम संगै अन्य शिवजी संग सम्बन्धित चाडपर्वहरुमा विशेष कार्यक्रम गर्ने आश्रमका कार्यबहाक अध्यक्ष अर्जुन बहादुर क्षेत्रीले वताए । क्षेत्रीका अनुसार हरिहर गुफा सन्यास आश्रममा धार्मिक पर्यटकहरुका लागी बास बस्ने ब्यवस्था भएको भएतापनि हाल सम्म प्रचार प्रसारको कमीका कारण धार्मिक पर्यटकको गन्तब्य बन्न सकिरहेको छैन ।

यसैविच हरिहर गुफा सन्यास आश्रममा साउनको अन्तिम सोमबार पोखरा महानगरपालिका २० र ११ वडाको संयुक्त आयोजनामा बोलवम यात्राको आयोजना गरिने भएको छ । हरिहर गुफामा पोखरा ११, २०, १ र १६ नम्बर वडाका भक्तजनहरुको सहभागीता रहने भएकाले पनि पोखरा ११ र २० को संयुक्त आयोजनामा पोखराको फुलवारी बाट शोभायात्रा सहित हरिहर गुफा परिसरमा पुगी बोलवम मनाउने पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले जानकारी दिए ।