पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकीमा दोश्रो चरणको अडिसन सम्पन्न

पोखरा ।

फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा जारी ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ अन्तर्गत दोश्रो चरणको अडिशन सम्पन्न भएको छ । दोश्रो चरणको अडिशनबाट विभिन्न जिल्लाका ३२ प्रतिस्पर्धी छनौट भएका छन् ।

‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथ सञ्चालित उक्त ट्यालेण्ट क्वेष्टको पहिलो चरणमा १६ जना छनौंट भएका थिए । अडिशन दिनका लागि म्याग्दी, पर्वत, बाग्लुङ्ग, स्याँँग्जा, लम्जुङ्ग, कास्की लगायतका जिल्लाहरुबाट ६० जना प्रतिस्पर्धीहरु आएका थिए ।

प्रतिस्पधीहरुबाट दोश्रो चरणमा आकांक्षा गुरुङ्ग, सरु परियार, विपना विक, पुष्पा नेपाली, माधवी आचार्य, विपना रायमाझी, निशा परियार, रबीना अधिकारी, अञ्जन बराल, खुसि गुरुङ्ग, दुर्गा सुनार, राज परियार, रिमा सुनार, स्वेता सुवेदी, दिब्या गुरुङ्ग, सविना अधिकारी, एञ्जल रायमाझि, कुसुम गुरुङ्ग, धनराज श्रेष्ठ, साजन सुनुवार, एनी गुरुङ्ग, प्रिती कार्की, समृद्धी श्रेष्ठ र महिमा दर्नाल छनौट भएका छन् । त्यसैगरि राजन तामाङ्ग, श्रृष्टी राई, एलिशा गुरुङ्ग, रितिसा श्रेष्ठ, रिहाना बाँस्तोला, जलन गुरुङ्ग र पवित्रा मगरपनि दोश्रो चरण पार गर्न सफल भएको कार्यक्रमका संयोजक हरि रम्तेलले जनाए ।

एच.आर.फ्रेमिङ्ग र पिएम प्रिण्टिङ्ग अफसेट प्रेशको सहयोग तथा निश्चल डान्स एकेडेमिको सहकार्यमा जारी प्रतियोगिता अन्तर्गत डान्सिङ्गतर्फ प्रथम, द्वितिय र तृतीय हुने प्रतिस्पर्धीले क्रमश ः नगद ३० हजार, २० हजार र १० हजार सहित प्रमाण–पत्र, म्युजिक भिडियो, जोमसोम प्याकेज तथा अन्य आकर्षक गिफ्ट ह्याम्पस पुरस्कार प्राप्त गर्ने व्यवस्थापक प्रविन मगरले जानकारी दिए । आगामी २५ गते शनिबार तेश्रो अडिशनसंगै दोश्रो चरणको कार्यक्रम शुरु गरिने मगरले बताए ।

कार्यक्रममा ड्रिम पिक्चरले फोटो तथा भिडियोग्राफीका लागि सहयोग गरेको छ भने इन्दे्रणी क्याफे एण्ड बार, पुष्पाञ्जली फ्लावर हाउस, ढुङ्गेसाँघु कटेज, ह्यावन रेष्टुरेण्ट, टाउन रेष्टुरेण्ट एण्ड बार, प्रोफेशनल एजुकेशन, होटल ड्रिम, गण्डकी फुड्स क्याफे, मिलनसार रेष्टुरेण्ट, एच के मोवाइल, जर्मन सेक्युरिटी, लगायतले सहयोग गरेका छन् ।