जनकल्याण तमु समाजको २८औं वार्षिकोत्सव सम्पन्न

पोखरा ।

जनकल्याण तमु समाज २८औं वार्षिकोत्सव तथा साधारणसभा शनिबार पोखरा–१२ स्थित समाजको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न भयो ।

समाजले आफ्नो वार्षिकोत्सवको अवसरमा स्वर्गीय विष्णुदेवी गुरुङको अक्षयकोषबाट वार्षिकरूपमा एस.ई.ई. र उच्च शिक्षा हासिल गरेका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रावृत्ति तथा पुरस्कार वितरण गरियो ।

पुरस्कृत विद्यार्थीहरूमा पिसिएल नर्सिङ्ग उत्तीर्ण मनिषा गुरुङ, प्लस टु उत्तिर्ण विद्यार्थी सनित गुरुङ, सिद्धार्थ गुरुङ र एस.ई.ई. परिक्षा उत्तीर्ण बोनिका गुरुङ, ओनिया गुरुङ, मारिया गुरुङ, सरिता गुरुङ, ज्योति गुरुङ र रोशन लामिछानेलाई स्वर्गीय विष्णु देवि गुरुङको परिवारको तर्फबाट छोरा इन्द्रबहादुर गुरुङ, बुहारी हिरादेवी गुरुङ र नातिनी स्वर्णीम गुरुङको हातबाट पुरस्कार वितरण गरिएको थियो भने समाजलाई आर्थिक, भौतिक, नैतिक योगदान पु¥याउनुहुने महानुभावहरूलाई समेत सम्मान गरिएको थियो ।

जसमा सम्मानित व्यक्तिहरू पदमकुमारी गुरुङ, भुमिका गुरुङ, विष्णुबहादुर गुरुङ र सामाजिक अभियान्ता कमला गुरुङ हुनुहुन्थ्यो । साथै ९५ बर्ष उमेर पुगेका समाजका जेष्ठ नागरिक सुश्री जमुना गुरुङ (चिनी) लाई दोसल्लाहा ओडाएर सम्मान गरिएको थियो ।

सो अवसरमा सचिव मिना गुरुङद्वारा वार्षिक प्रगति विवरण, कार्यवाहक कोषाध्यक्ष तुल्सिप्रसाद गुरुङबाट आर्थिक प्रतिवेदन, अध्यक्ष इन्द्रबहादुर गुरुङबाट सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।

समाजका अध्यक्ष इन्द्रबहादुर गुरुङ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा चर्चित नृत्य निर्देशक लप्सन गुरुङ, सामाजिक अभियान्ता कमला गुरुङ, महिला अध्यक्ष नन्दकुमारी गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने उपाध्यक्ष चन्द्रबहादुर गुरुङबाट स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन बालकृष्ण विबसले गरेका थिए ।