उद्घोषण तालिम र पाठेघरको क्यानसर सम्वन्धी सचेतना कार्यक्रम

पोखरा । खहरे आमा समुहले आयोजना गरेको महिलाहरुको क्षमता तथा व्यक्तित्व विकासका लागि ३ दिने उद्घोषण तालिम र पाठेघरको क्यान्सर सम्वन्धी १ दिने स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले अब महिला दिदीबहिनिहरु चुलो र चौकोमा मात्रै सिमित नभई आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास,आय आर्जन र स्वास्थ्यमा सचेत हुनुपर्नेमा जोड दिए । उनले तालिमले महिलाहरू समाजमा आत्मविश्वासका साथ निर्धक्क बोल्न सक्ने र विषयगत ज्ञान प्रदान गर्ने धारणा व्यक्त गरे ।

खहरे टोल विकास संस्थाका निवर्तमान अध्यक्ष इमानाथ देवकोटाले महिला शक्तिकरणमा जोड दिदै यस्ता खाले तालिम र सचेतना आवश्यक रहेको जानकारी दिए ।

सहभागीको तर्फबाट राधा कोइराला, मनु क्षेत्री र अन्जु पराजुलीलेयस तीन दिने उद्घोषण तालिमले आफुमा निकै आत्मबल बढेको र तालिममा सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेको कुरा व्यक्त गरे ।

सन्चारकर्मी तथा रेडियो अन्नपूर्णका कार्यक्रम प्रस्तोता कन्चन थापाले उद्घोषण सम्वन्धी तीन दिने प्रशिक्षण दिएकी थिइन भने पाठेघर सम्वन्धी सचेतना तालिम फिस्टेल हस्पिटलकी नर्स जिता बरालले दिएकी थिइन् ।

कार्यक्रममा वडा नम्बर ६ का खहरे आमा समुहका ३५ जना महिला दिदीबहिनीको उपस्तिथी रहेको थियो ९२ वर्षकी आमा मंगली जलारीको पनि सकृयता सहभागिता रहेको थियो ।

खहरे आमा समुहका अध्यक्ष मैयाँ थापा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सोही समुहका उपाध्यक्ष अन्जना पहारीले गरेकी थिईन ।

कार्यक्रममा वडा सदस्य हरिकृष्ण पहारी , सल्लाहकार प्रेम पहारी, रुपनारायण सिग्देल लगायतले बोलेका थिए । कार्यक्रमको संचालन सोही समुहका सह सचिव प्रभा कोइरालाले गरेकी थिइन ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment