सत्रौं आहारारा गोल्डकपको आयव्यय सार्वजनिक

पोखरा ।

१७ औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको आयव्यय शनिवार एक पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा ७० लाख ७८ हजार ८ सय २६ रूपैयाँ आम्दानी भएको क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो । प्रतियोगिताबाट ७० लाख ७८ हजार कूल आम्दानी र ६९ लाख २९ हजार रूपैयाँ र जम्मा खर्च भइ १ लाख ४९ हजार ३ सय २६ रूपैयाँ बचत भएको क्लवे जनाएको छ । १७ औं आहारारा गोल्डकप गत फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा सञ्चालन भएको थियो ।

प्रतियोगिताको उपाधि थ्रीस्टार क्लवले जितेको थियो । प्रतियोगितामा टिकट बिक्रीबाट १५ लाख ५० हजार २ सय ६५ रूपैयाँ आम्दानी भएको छ । यो विगतका बर्षको तुलनामा कम हो । यसअघि १६ औं संस्करणमा २४ लाख र १५ औं संस्करणामा १७ लाख टिकट बिक्रीबाट आम्दानी भएको थियो । क्लबले प्रतियोगिताको आम्दानी पोखराको दोविल्लास्थित सहारा एकेडेमी सञ्चालनका लागि खर्च गर्दै आएको छ ।