पुराना मठ मन्दिरको संरक्षण गर्नुपर्नेमा सांसद विष्टको जोड

पोखरा ।

गण्डकी प्रदेश सभा सदस्य ईन्द्र धारा विष्टले नेपालका पुराना मठ मन्दिरहरुको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन । नेपाल मठ, मन्दिर धार्मिक र सांस्कृतीक धरोहरले धनी मुलुक भएकाले यसको संरक्षण ,संवद्र्धन र मर्मतका लागी सवैले आ आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने सांसद विष्टको भनाइ रहेको थियो ।

पोखरा १७ महतगौडामा रहेको हरिहर मन्दिरमा शनिवार सांझ आयोजित महाआरती कार्यक्रममा सहभागीता जनाउदै सांसद विष्टले हरिहर मन्दिर जस्तो पुरानो पौराणिक इतिहांस बोकेको मन्दिर र यस्तै मठ मन्दिरहरुकै कारण नेपालमा धार्मिक पर्यटनहरु आउने गरेको वताउदै यस्ता धार्मिक सांस्कृतीक सम्पदाको संरक्षण गर्नुपर्ने वताए ।

संसारको सवै प्राणीलाई सुख र शान्ति प्राप्त होस भन्दै विष्टले हरिहर मन्दिरमा नियमित आरती गर्ने वातावरण तय गर्नका लागी हामी सवै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले हरिहर मन्दिरको आफ्नै छुट्टै इतिहास रहेको भएतापनि अझै प्रचार प्रसारमा आउन नसक्दा कहि कतै ओझेलमा परेको वताउदै आगामी दिनमा हरिहर मन्दिरको प्रचार प्रसारका लागी आफ्नो संस्थाको तर्फबाट सहयोग गर्ने वताए ।

भागवत भास्कर कमल नयन गौतमको अध्यक्षतामा सम्पन्न आरती कार्यक्रममा मालपोत कार्यलय प्रमुख ज्ञानराज पाण्डे, लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, ब्रोडकास्टिङ एशोसियएसन नेपाल बानका केन्द्रिय सचिब दुर्गा अधिकारी, पोखरा १७ का वडा सचिब सुवास पौडेल लगाएतको उपस्थिती रहेको थियो ।