बसको ठक्करबाट घाईते व्यक्ति अझै अचेत,परिचय समेत खुलेन

पोखरा । पोखराको चाईनापुलमा बसमा ठोकिन घाईते हुन पुगेका एक व्यक्ति अझैसम्म अचेत अवस्थामा रहेका छन् भने उनको हालसम्म परिचय समेत खुल्ल सकेको छैन् ।

शनिबार साँझ करिब ६ः३० बजेको समयमा अम्मरसिंहचोबाट पुथ्बीचोक तर्फ आउदै गरेको पोखरा बस व्यबसायि समितिको ग १ ख ६९९२ को बसमा करिब ५० बर्षको जस्तो देखिने पुरुष एकाएक ठोकिन पुग्दा सक्क्त घाईते भई हालसम्म अचेत अवस्थामा रहेका छन् भने उनको हालसम्म कुनै परिचय खुल्ल नसकेको समितिले जनाएको छ । उनको हाल फिस्टेल हस्पिटलको सघन कक्ष (आईसियू) मा उपचार भईरहेको छ ।

उपचारमा संलग्न डा. बालगोपाल कर्मचार्यले उक्त व्यक्तिको टाउकोमा गहिरो चोट लागेका कारण हेड ईन्जुरी भएको छ ।

हालसम्म तीन व्यति अचेत हुनु र उनका आफन्त सम्पर्कमा नआउदा बस धनि तथा समितिका व्यक्तिलाई थप समस्या भएको बस धनि फडिन्द्र बरालले बताए ।

यदि ती व्यक्तिको कुनै आफन्तले चिन जान गरेको खण्डमा नजिकको प्रहरी कार्यालय तथा समितिका उपाध्यक्ष देवि क्विकेल को मोवाईल नम्बर ९८५६०२६०५० तथा बस धनि ९८५६०४५६७९ मा सम्पर्क गर्न आव्हान गरिएको छ । उक्त बस र चालकलाई कास्की प्रहरीले आफ्ने नियन्त्रमा लिएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment