महाशिलाले गर्ने भयो ५ कि मि सडक कालोपत्रे

पर्बत ।

महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुदेउराली बजार इगले क्याफे देखि पाखापानी गानाबङ सम्म ५ कि मि सडक कालोपत्रे हुने भएको छ।

सडक कालोपत्रेका लागि गाउँपालिकाले आफ्नो बहुबर्षे आह्वान गरि फेवा कन्ट्रक्सन प्रा लि सगँ सम्झौता गरेको छ। १ हप्ता भित्रनै कार्य संचालन सुरु गरि १८ महिना भित्र सक्ने गरि सम्झैता भएको हो।

त्यस्तै १० करोडको लागत रहने गरि आह्वान गरिएको बोलपत्रमा ६ करोड ४६ लाख बराबरको लागतमा सडक निर्माण गर्ने सम्झैता गरिएको गाउँपालिका प्रबक्ता तथा वाड नं ५ का वाड अध्यक्ष जीवन उचै ठकुरीले जानकारी दिनु भयो।

उक्त कार्य संचालनको गर्नु पर्ने पुर्बतयारिको बारेमा जानकारी लिनको लागि गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, प्राबिधिक कर्मचारी, निर्माण ब्याबसायी तथा सरोकारवाला सहितको टोलिले स्थलगत अनुगमन गरेको छ।

पछिल्लो समयमा स्थानिय तहहरुले टुक्रे योजनाहरु बनाउदा स्थानिय बासिहरुमा निराश छाईरहेको परिपेक्षमा महाशिला जस्तो सानो गाउँपालिकाले स्थानीय तह मा कम श्रोत साधन हुदा पनि बिकासमा बहुबर्षे योजना ल्याएर बिकासलाई तिब्र गतिमा अगाडि बढाउन लागेको गाउँपालिका अध्यक्ष राजु पौडेलको भनाई छ।