मंसिर १४ मा उपनिर्वाचन, कास्की २ चर्चाको केन्द्रमा

पोखरा ।

सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी रिक्त भएका ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

निर्वाचन आयोगले सर्वदलीय बैठक पछि मंसिर १४ मा उपनिर्वाचन गर्न सरकार समक्ष सिफारिश गरेको थियो ।

कतिपय स्थानमा निर्वा्चित जनप्रतिनिधिको निधन भएको र केही जनप्रतिनिधि अपराधिक क्रियाकलापमा संलग्न भइ अयोग्य ठहर भएकाले निर्वाचन गर्न लागिएको हो ।

निर्वाचन ५० ठाउँमा हुने भएपनि कास्की जिल्लाको क्षेत्र न. २ मा हुने उपनिर्वाचनमा चासो बढेको देखिन्छ । कास्की क्षेत्र नं. २ का निर्वा्चित सांसद तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा २०७५ फागुन १५ गते निधन भएको थियो ।