किङ्स लाउन्जमा कर्मा ब्याण्डले आज आफ्नो प्रस्तुती राख्दै

पोखरा ।

किङ्स लाउन्ज पोखरामा आज चर्चित ब्याण्ड कर्माले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गर्ने भएको छ । आज राति ८ बजेबाट व्याण्ड प्रस्तुती हेर्न पाइने भएको हो ।

किङ्स लाउन्ज पोखरामा हरेक दिन मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती हुँदै आएको छ । ग्राहकलाई मनोरञ्जनका लागि हेरक दिन किङस् ब्याण्डले सांगीतिक प्रस्तुती दिदै आएको छ । लाउन्जमा विभिन्न राष्ट्रिय तथा चर्चित ब्याण्ड तथा चर्चित गायक गायिकाहरुले पनि आफ्नो सांगीतिक प्रस्तुती दिने गरेका छन् ।

यसैबीच, आगमाी शनिबार (साउन २५) गते किङ्स लाउन्ज काठमाडौंमा कर्माले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गर्नेछ । लाउन्जमा आउने आगन्तुकका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कर्मा ब्याण्डको हुक्का मेरो, कहाँ होला घरबार, तिम्रो मौनतामा लगायतका थुप्रै गीत चर्चित छन् । लाउन्जमा आउने पाहुनालाई सांगीतिक मनोरञ्जनका साथै स्वेदेशी तथा विदेशी खाना सहज उपलब्ध हुनेछ । पूर्ण पारिवारिक वातावरणमा बसेर सांगीतिक कार्यक्रम तथा स्वेदेशी तथा विदेशी खानाको मज्जा लिन सकिने किङस् लाउन्जका म्यानेजर सन्तोष काफ्लेले जानकारी दिए ।

काठमाडौंमा स्थापना भएको एक बर्षपछि किङस् लाउन्जले पोखराको लेकसाईडमा पनि आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याएको सञ्चालक कुमार गुरुङले जानकारी दिए । लाउञ्जमा चर्चित गायक दीपक बज्राचार्य, रिदम व्याण्ड, सबिन राईलगायतले आफ्नो प्रस्तुती दिइसकेका छन् । किङस् लाउन्ज काठमाडौंमा निकै लोकप्रिय छ । साथै स्थापनाको छोटो समयमा पोखरामा पनि लाउन्ज लोकप्रिय बन्दै गइरहेको छ ।