पोखरा १३ मा फोहरमुक्त अभियान शुरू

पोखरा ।

पोखरा महानगरपालिका वडा नं १३ ले फोहोर मुक्त (जीरो वेस्ट) अभियान सुरु गरेको छ । अभियान अन्तर्गत फोहोरलाई मोहोरमा बदल्न प्रयास गरिनेछ । शुक्रबार बाल कल्याण माबिमा आयोजना गरिएको एक कार्यक्रमका बिच डस्टबिन बिद्यालयका प्रध्यानाध्यापकलाई हस्तान्तरण गरी अभियानको शुरूवात गरिएको हो ।

सो अवसरमा पोखरा महानगरपालिका वडा नं. १३ का अध्यक्ष दर्शन लामाले पहिलो चरणमा दुई टोलमा फोहोर मुक्त अभियान चलाइनेछ । उहाँका अनुसार आगामी भदौमा फोहोर मुक्त टोल घोषणा गर्ने लक्ष्य सहित अभियान सुरु गरेको जानकारी दिनुभयो ।

वडालाई नै जेरो वेस्ट(फोहर रहित वडा)को रुपमा बिकसित गर्ने लक्ष्य सहित अभियान सुरु गरिएको उहाँको भनाइ छ । अभियानका लागि ६ लाख ५६ हजार बजेट व्यवस्था गरिएको छ । वडामा रहेका ४७ टोलमा नै अभियान चलाइनेछ ।

लामाले वडा तथा टोलबासीकै सहयोगमा यो अभियान सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । अभियान अन्तर्गत फोहोरलाइ वर्गीकरण गरी कुहिने नकुहिने छुट्याइने छ ।