सेवा केन्द्रको दोस्रो सधारण सभा सम्पन्न

पोखरा ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ हेमजाको दोस्रो साधारण सभा बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक राजकुमार के.सी.ले समाजमा रहेका ब्यक्तीको शन्ति सुरक्षा कायम गर्ने काम प्रहरीले गरेको बताउदै अपराध गर्ने र सहने समाज कै ब्यक्ती भएको बताए ।

कार्यक्रममा बिषेश अतिथि पोखरा २५ का वडा अध्यक्ष सोभाकर तिम्सिनाले सेवा केन्द्रले सरणीय काम गर्दै आएको बताउदै गल्ती गरेमा आफना नातेदार भनि छोड्न नहुने बताए । कार्यक्रममा जिल्ला समुनय समिति कास्कीका अध्यक्ष सोमनाथ बाँस्तोला, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कास्की जिल्लाका निबर्तमान अध्यक्ष बिष्णु ब. भट्टराइ, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा लेखनाथका अध्यक्ष रमेस ओझा, सल्लाकार धर्मराज बाँस्तोला र समाजसेबी भिमप्रसाद श्रेष्ठ लगाएतले कार्यक्रकको सफल्ताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्षको प्रतिबेदन सदस्य दुर्गा प्रसाद तिम्सिनाले र सचिबको प्रतिबेदन सचिब दान ब. भुजेलले प्रस्तुत गरेका थिए । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाकी अध्यक्ष बिष्णु बाँस्तोलाको अध्यक्षतामा भएका कार्यक्रममा स्वगत उपाध्यक्ष घनस्यम तिम्सिनाले र सञ्चालन सचिब भुजेलले गरे ।