पोखरामा एनसेल टावरमा आगजनी

पोखरा

पोखरा महानगरपालिका २८ माझठाना डाँडारहेको एनसेल टावरमा गएराती आगजनी भएको छ ।

आगजनी भएको सूचना पाउना साथ कास्की प्रहरीको टोली त्यसतर्फ गएको थियो । बुधबार राति १० बजेतिर आगलागी भएको स्थानीयले बताएका छन्।

कास्की प्रहरीले आगलागी कसले गरायो भन्ने पत्ता लागिनसकेको जनाएको छ। घटनाको अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जनाए।