कन्या क्याम्पसमा सीम्याट मोक टेष्ट कार्यक्रम

पोखरा ।

पोखराको नदीपुरमा रहेको छात्राहरुको एकमात्र क्याम्पस कन्या क्याम्पसले सीम्याट मोक टेष्ट कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सीम्याटको तयारी गरिरहेका विद्यार्थीहरुको लागि आगामी साउन १८ शनिवार सीम्याट मोक टेष्ट कार्यक्रमको आयोजना गरिएको क्याम्पसले जनाएको हो ।

साउन १८ गते शनिवार विहान ७ ः ३० बजेदेखि ९ बजेसम्म परिक्षा लिने वारे क्याम्पसले सुचना प्रकाशित गरेको छ । टेष्ट दिन चाहाने विद्यार्थीहरुले साउन १७ गते शुक्रवार सम्म क्याम्पसमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।