बेलायतको स्विण्डनमा नेपालीहरुको पहिलो लायन्स क्लबको गठन

पोखरा ।

बेलायतमा पहिलो पटक नेपालीहरुको लायन्स क्लव गठन भएको छ । हालै बेलायतस्थित स्विण्डनमा रहेका नेपालीहरुको भेलाले लायन्स क्लव अफ स्विण्डन चौतारी गठन गरेको हो । समितिको अध्यक्षमा पोखरा, फुलबारीका रमेश बाँस्तोला चयन भएका छन् ।

क्लव गठनका लागि लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रिक्ट ३२५बि१ (नेपाल) का डिस्ट्रिक्ट को–चिफ एडभाईजर रामबहादुर बसेलको प्रमुख आतिथ्यतामा सो क्लव गठन भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि बसेलले आफु भन्दा दुखि र अवसरबाट बन्चित भएका लाई सक्दो सहयोग गर्न आवहान गर्नु भयो । उहाँले बेलायतमा रहेका नेपालीहरुलाई लायन्समा समेटन पाएकोमा खुसि व्यक्त गर्दै राष्ट्रिय हितका लागि बेलायतस्थित लायन्सहरुले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

गठित क्लवको प्रथम उपाध्यक्षमा राजन क्षेत्री, द्धितिय उपाध्यक्ष्यमा मिन थापा, सचिवमा नारायण खड्का तथा कोषाध्यक्षमामा देवेन्द्र श्रेष्ठ चयन भएका छन् । त्यसैगरि सदस्य संयोजकमा विनोद पुरी, लायन्स क्लव अफ अन्तर्राष्ट्रिय फ्रेण्डशिपमा राममणि रिजाल, क्लव प्रशासकमा रुपेश राउत, सह–सचिवमा रुचिला बाँस्तोला, उप–सचिवमा रुपा गुरुङ्ग, सह–कोषाध्यक्षमा सम्झना खड्का, पिआरओमा विश्व घिमिरे, रेम्मरमा रबि उपाध्याय र टेल ट्वीष्टरमा पूर्ण सुब्बा रहेका छन् ।

समितिको सदस्यहरुमा अविशेक केसी, सुवास मल्ल, रमेश गौतम र तिलक थापा रहेको छन् भने सल्लाहकारहरुमा बुद्धिबहादुर थापा, भेष थापा, ध्रुव अधिकारी, निर्मल पराजुली, टंक केसी र नारायण मल्ल रहेका छन् ।

सो अवसरमा बोल्दै अध्यक्ष बाँस्तोलाले देशको सेवा जो जहाँ भएपनि नेपालीनै हो भनेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । सामाजिक अगुवाको रुपमा रहँदै आएका बास्तोलाले बेलायतमा बसेर नेपालको सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएका छन् । साथै उक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा समर्पण कि प्रथम उपाध्यक्ष भावना बसेल र लियो क्लब अफ सेन्ट्रल भ्यालीका अध्यक्ष संकल्प बसेललाई पनि सम्मान गरिएको थियो ।
फोटो पनि छ ।