ज्यानै लिने गोल…… तनावमा सान्चेज

काठमाडौं, असार १३

रुसको सारान्स्कस्थित मोर्डोभिया एरिना रंगशालामा विश्वकप फुटबलको समूह ‘एच’को पहिलो खेलमा कोलम्बिया र जापानबीच भेट भयो।

खेलको सुरुवातीमै जापानले आक्रमण ग-यो । जापानका सिन्जी काबागाले खेलको तेस्रो मिनेटमै कोलम्बियाली गोलपोस्टमाथि धावा बोले।

उनले लगभग गोल हुनेगरी गरेको प्रहारलाई कार्लोस सान्चेजले रोक्ने क्रममा अञ्जानवश उनको हात अघि स-यो । उनले हातले बल रोके।

कोलम्बियन समर्थकले आफ्नो टोलीले जापानलाई सजिलै हराउने अनुमान गरेका थिए । तर, त्यस्तो भएन । हारको सबै दोष सान्चेजलाई दिइएको छ।

सामाजिक सञ्जालमार्फत उनलाई ज्यान लिने धम्की दिइएको खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ। उनको सुरक्षा सतर्कता बढाइएको छ।

गोलखानबाट टिमलाई जोगाए । तर, स्लोभेनियन रेफ्रीले तत्कालै रेडकार्ड देखाएर सान्चेजलाई मैदान बाहिर पठाए । डिबक्सभित्रै ह्यान्ड भएकाले जापानलाई पेनाल्टी दिए । काबागाले त्यसलाई गुमाएनन् ।

खेलको छैटौँ मिनेटमै जापानले १–० को अग्रता लियो । अर्कोतिर कोलम्बिया दोहोरो मारमा प-यो । खेलको सुरुवातीमै १० खेलाडीमा सीमित पनि भयो र एक गोलले पछि पनि प¥यो ।

एक खेलाडी गुमाउनका बाबजुद पनि कोलम्बियाले ३९औँ मिनेटमा गोल फर्कायो । उसका लागि जुवान फर्नान्डो क्विइन्टेरोले गोल गरे ।

तर, पुनः जापानका युया ओसाकाले ७३औँ मिनेटमा गोल गरे र कोलम्बियालाई स्तब्ध बनाए । योसँगै इतिहास पनि लेखियो । जापान विश्वकपमा कुनै पनि दक्षिण अमेरिकी देशलाई हराउने पहिलो एसियाली टिम बन्यो ।

कोलम्बियन समर्थकले आफ्नो टोलीले जापानलाई सजिलै हराउने अनुमान गरेका थिए । तर, त्यस्तो भएन ।

र, यसको सबै दोष सान्चेजलाई दिइएको छ । उनलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सान्चेजको सुरक्षा सतर्कता अपनाइएको छ । राष्ट्रिय टिममा ८६ खेल खेलेका सान्चेजको पक्षमा उनका प्रशिक्षक पनि उभिएका छन्।

प्रशिक्षक जोसे पेकम्यानले भने, ‘सान्चेज टिमकै भरपर्दा खेलाडी हुन् ।’ दक्षिण अमेरिकामा फुटबललाई प्रतिष्ठाको रूपमा लिइन्छ । अझ विश्वकप फुटबललाई निकै महत्वका साथ हेरिन्छ।

नजानीकनै गरेको गल्तीलाई पनि छुट नदिने ‘पागल दर्शक’ त्यहाँ छन् । सन् १९९४ को विश्वकपमा आत्मघाती गोल गरेका कारण कोलम्बियाका एक खेलाडीको गोली हानी हत्या गरिएको थियो । त्यस घटनाले पनि सान्चेजलाई दिइएको धम्की खेलवाड हुन नसक्ने अनुमान गरिएको छ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment