पोखरा उद्योग वाणिज्य संघद्धारा पूर्ववत् रुपले सामान ढुवानी गर्न उद्योगी÷व्यवसायीसँग आग्रह

पोखरा ।

आर्थिक वर्ष २०७६ साउन १ गतेदेखि लागु उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित आर्थिक ऐनले गरेका व्यवस्थाको विरुद्धमा चरणवद्ध आन्दोलनमा उत्रेको पोखरा उद्योग वाणिज्य संघले बिरोधका कार्यक्रम स्थगित गरेको छ ।

नेपाल सरकारले समस्या समाधानको लािग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पदाधिकारी तथा जिल्ला नगर उद्योग वाािण्ज्य संघका अध्यक्षहरुको रोहवरमा समिति गठन र सो समितिलाई शुक्रबारसम्म प्रतिवेदन बुझाउन समय दिएएकोले संघले आफ्ना विरोधका कार्यक्रम स्थगित गरेको हो ।

सरकारले लागु गरेको कर प्रणाली तथा एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसार पसार गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली ( भिसिटिएस) प्रति व्यवसायीहरुले आपत्ति जनाउँदै विरोध गरेका थिए ।

संघका महासचिव अर्जु पोखरेलद्धारा मंगलबार जारी विज्ञप्तिका अनुसार प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्रीसँग भएको छललफमा आफ्नो माग संवोधन गर्न अर्थमन्त्री सकारात्मक भएकाले हाललाई पूर्ववत रुपमा मालसामान ढुवानीका साथै आफनो व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ । विज्ञप्तिमा बिरोधका कार्यक्रममा उद्योगी व्यवसायीले दिएको साथप्रति धन्यवाद ज्ञापन पनि गरिएको छ ।

गठित समितिलाई हाल उत्पन्न समस्या समाधान गर्न शुक्रबारसम्मको समय दिइएको र समितिले दिएको सुझावको आधारमा उद्योगी÷व्यवसायीहरुका समस्या संवोधन गर्ने आश्वासन प्राप्त हुनुलाई हामीले निजी क्षेत्रको आवाज र दवाबको परिणामको रुपमा लिएका छौँ’,विपप्तिमा भनिएको छ,‘ जिम्मेवार निजी क्षेत्र र सकारको साझेदारको हैसियतलाई आत्मसाथ गर्दै पूर्ववत अवस्थामा आफ्नो उद्योग÷व्यवसाय संचालन गर्न तथा मालसामान ढुवानी पनि यथावत् राख्न पोखरा उद्योग वाणिज्य संघ सम्पूर्ण उद्योगी÷व्यसायीहरुसँग हार्दिक अपील गर्दछ ।’