२० जना महिलाले लिए झोला बुन्ने तालिम

पोखरा ।

गरिब तथा विपन्न वर्गका महिलालाई लक्षित गरी आयोजित झोला बुनाई तालिम शनिबार सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा विधाता हस्तकला प्रशिक्षण केन्द्रको व्यवस्थापनमा १५ दिनसम्म तालिम सञ्चालन भएको थियो । तालिमबाट २० जना महिलाहरु लाभान्वित भएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर तथा लायन्स म्यागेजिनका लागि नेपालका प्रधान सम्पादक धनराज आचार्यले सिकेको सिपबाट स्वरोजगार बन्न तालिममा सहभागीहरुलाई आग्रह गरे । ‘महिला सशक्तीकरणका क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले क्लबले तालिम सञ्चालन गर्नु उदाहरणीय कार्य हो,’ उनले भने ।

डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले डिष्ट्रिक्टले ल्याएको योजना अनुसार मिड टाउने आफ्ना कार्यक्रमहरु अगाडि बढाइरहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । पढाऔं अभियानका चिफ चण्डिप्रसाद अर्यालले मिड टाउनले स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा रचनात्मक गतिविधि गरिरहेको बताए ।

कार्यक्रममा क्लस्टर प्रमुख शिवराज आचार्य, क्लबका संस्थापक अध्यक्ष तथा जिएसटि कोअर्डिनेटर कृष्णराज पोखरेल, रिजन चियरपर्सन लक्ष्मी बराल, जोन चियरपर्सन तथा पूर्व अध्यक्ष ठाकुरप्रसाद अधिकारी, प्रमुख प्रशिक्षक तथा विधाता हस्तकलाका सञ्चालक सबिता रञ्जित श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रमको संयोजन क्लबका तृतीय उपाध्यक्ष सुनादेवी श्रेष्ठ मल्लले गरेकी थिइन् । क्लबका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रथम उपाध्यक्ष विश्वास भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए ।

सोही कार्यक्रमको अवसरमा क्लबले महिला उद्यमी सबिता श्रेष्ठ रञ्जितलाई सम्मान गरेको छ । महिला उद्यमशीलताको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै क्लबले उनलाई सम्मान गरेको अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । विधाता हस्तकला तथा प्रशिक्षण केन्द्रका तर्फबाट उनले हालसम्म १ हजार जना भन्दा बढी महिलाहरुलाई हस्तकला सम्बन्धी प्रशिक्षण प्रदान गरिसकेकी छन् । सम्मानले आफूलाई थप हौसला प्रदान गरेको उनले बताइन् ।