लायन्स क्लब अफ हेमजाको बृक्षारोपण

पोखरा ।

लायन्स क्लब अफ हेमजाको बार्षिक कार्यओजना अनुसार हेमजामा बृक्षारोपण कार्यक्रम शनिकार सम्पन्न गरेको छ ।

कार्यक्रम स्थानिय लामाचौतारादेखि खुट्टेगौडासम्म (करिब ३०० मिटर) को बाटोको दुबै साइडमा बृक्षारोपण गरिको क्लबका अध्यक्ष हरिसचन्द्र पौडेलले हामीलाई जानकारी दिए ।

सस्थापक अध्यक्ष तिर्थ बहादुर थापाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा जोन चियर पर्सन रमेश बन्जरा र रिजन चियर पर्सन भोजराज काफलेले अहिले बिश्वमा भएको वातावरणिय असन्तुलनलाई सुधारन यस्ता कार्यक्रमले सहयोग गर्ने धारणा राखेका थिए । उक्त अबसरमा कल्की, कपुर, त्यजपत्ता, पारिजात, निम आदि बिरुवा रोपिएको थियो ।

क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत प्रथम उपाध्यक्ष शिब पौडेलले र सञ्चालन सचिब दोलराज श्रेष्ठले गरे ।