आठौ पोखरा महोत्सवमा शनिवार ज्योती मगर र मंगोलियन हर्टको प्रस्तुती रहने

ज्योती मगर संगै शनिवार लोकदोहोरी गायक प्रजापति पराजुली, जीवन दाहाल, शिवहरी ढुंगाना, कुमार पुन, करण तामाङ, माया गुरुङ, माया केसी लगायतको प्रस्तुती रहने छ । महोत्सवको दोश्रो दिन लोक दोहोरी गायक राजु गुरुङले सालैजो गित मार्फत महोत्सवमा उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । राजु गुरुङ संगै लोकदोहोरी गायक प्रजापति पराजुली, जीवन दाहाल, तुलसा जिसी लगायतले लोकदोहोरी मार्फत दर्शकलाई भरपुर मनोन्जन प्रदान गरेका थिए । महोत्सवको दोश्रो दिन सम्म आइपुग्दा १ करोडको कारोवार भएको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

महोत्सवको दोश्रो दिन सम्म आइपुग्दा २५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको महोत्सव सचिवालय ब्यवस्थापन उपसमिती संयोजक तथा क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापाले जानकारी दिए । महोत्सवमा लेखनाथको पचभैयामा युनाइटेड क्लवको पहलमा निर्माणधिन चिडियाखानाको नमुना, मुख्य आकर्षक बनेको छभने महोत्सवमा हात्तीमा सवार गरी महोत्सवको अवलोकन गर्नेको समेत भीड लाग्ने गरेको महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

यसैविच महोत्सवमा शुक्रबारदेखि चार नम्बर प्रदेश स्तरिय लोकदोहोरी प्रतियोगिता शुरु भएको छ । १२ टीमको सहभागीता रहेको प्रतियोगिताको पहिलो दिन म्याग्दी र स्याङजाले प्रतिस्पर्धा गरेभने शनिवार पर्वत र नवलपुरबीच प्रतिस्पर्धा रहने प्रचार प्रसार संयोजक श्रेष्ठले जानकारी दिए । प्रदेश स्तरमा पहिलोपटक शुरु भएको लोकदोहोरीगीत प्रतियोगितामा प्रथम हुनेले ३० हजार नगद, दोश्रो हुनेले २० हजार नगद, तृतीय हुनेले १२ हजार नगद र शान्तवना स्थान हासिल गर्नेले ८ हजार प्राप्त गर्नेछन ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment