हेमजामा कृषि सम्बन्धि तालिम

पोखरा ।

बहुउदेसिय किसान सहकारी सस्था लि. पोखरा २५ हेमजाको आयोजनामा कृषि सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा तरकारी उत्पादन प्रबिधि, मलमाटो ब्यबस्थापन र बिषाधि निउनिकरण सम्बन्धि जानकारी दिएको सदस्य चन्द्रकान्त तिमिल्सिनाले हामिलाई जानकारी दिए ।

सस्थाका अध्यक्ष धर्मराज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका बैज्ञानिक अस्मिता खनाल, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राबिधिक अधिकृत सन्दिप तिमिल्सिना, चन्द्रकान्त तिमिल्सिना र बालि संरक्षण प्रयोगशाला प्रमुख धनबहादुर राणाले सहजिकरण गरेका थिए ।

सस्थाका ५० सदस्यको सहभागिता भएको कार्यक्रमको सञ्चालन शिक्षा उपसमिति सदस्य तिलक तिमिल्सिनाले गरेका थिए ।