लियो कलब अफ हेमजाको सहयोग

पोखरा ।

लियो कलब अफ हेमजाले आगलागि पिडितलाई सहयोग गरेको छ । गत असार २० गते शुक्रवार पोखरा २५ हेमजा मेलवोट स्थित डण्डपाणी अधिकारी(गौतम) को घरमा विहान आगलागी भएको थियो ।

उक्त आगलागिबाट भान्छा कोठाका सामग्री, लत्ताकपडा, स्टेशनरी सामग्री नष्ट हुनुका साथै दलिन, झ्याल, ढोकामा पनि क्षेती पुगेको छ । आगलागीबाट खोटाङ बोकुम धर भइ हाल हेमजामा बस्दै आएका गोविन्द खड्काको परिवारमा क्षेती भएको थियो । उक्त क्षेतिबाट पिडित भएका गोविन्द खड्काका छोरालाई क्लबले सहयोग गरेको कोषाध्यक्ष निराजन अधिकारीले हामीलाई जानकारी दिए ।

क्लबका सदस्यहरु बीच आर्थिक संकलन गरि स्टेशनरी सामग्री ,्स्कुल पोसाक ,जुत्ता सहयोग गरिएको हो । उक्त अबसरमा लायान कलब अफ पोखरा लालीगुरासका अध्यक्ष मिनराज तिमिल्सिनाले इस्कुल झोला, हेमजा आवस्य बिध्यालयले पुस्तक उपलब्ध र रेडियो हेमजाकी प्राबिधिक जमुना पुन मगर लगाएतले सहयोग गरेका थिए ।

क्लबका अध्यक्ष बिकास त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष एव्र कार्यक्रम संयोजक निराजन अधिकारीले धज्यवाद ज्ञापन र सञ्चालन सदस्य निरज अधिकारीले गरेका थिए ।