गाँजा खाएर सवारी चलाउने चालक कारबाहीमा, पिसाबबाट यसरी गरिन्छ परिक्षण

पोखरा, १४ चैत । सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पोखरामा प्रहरीले पोखराको डाँडाको नाकमा बिहिबार लागुपदार्थ सेवन चेकीङ गरेको छ ।

लागुपदार्थ सेवन गरी सवारी चलाउने ५ जना चालकलाई कारबाही गरीएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिनुभयो । प्रहरीले १९ जना चालकलाई चेकीङ गर्दा ५ जनाले लागुपदार्थ सेवन गरि सवारी चलाएको देखिएको र उनिहरुलाई लागुपदार्थ सेवनकर्तामा कारबाही गरिने रानाले जानकारी दिनुभयो । चेकीङ गर्दा केहि चालक प्रयोग कर्ता रहेको र उनिहरुले ४÷५ दिन अगाडी खाएको देखिएकाले तारेखमा छाडीएको र २ जना चालकले नखाएको देखिएको उहाँले बताउनुभयो ।