कर्म—कर्ण आदीवासी जनजाति पुरस्कार अमात्यलाई

पोखरा ।

आदीवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कास्कीद्धारा सञ्चालित कर्म—कर्ण आदीवासी जनजाति पत्रकारिता पुरस्कार यस वर्ष पोखरासय ः भिन्तुना मासिक पत्रिकाका सम्पादक÷ प्रकाशक उदयबहादुर अमात्यलाई प्रदान गरिने भएको छ ।

तमु धीँ नेपालका अध्यक्ष कर्म तमुको वैवाहिक वर्षगाँठको अवसरमा कर्म तमुद्धारा स्थापित पुरस्कारको लागि गठन भएको छनोट समितिले विगत २ दशकदेखि पोखरामा रहेर पत्रकारिता गरेका अमात्यलाई प्रदान गर्ने निर्णय गरिएको हो । अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको छनोट समितिमा जुनाकुमारी गुरुङ, हुमबहादुर गुरुङ, एम.वी आस्थामगर र भुपाल गुरुङ सदस्य रहेका छन् ।

पुरस्कार आगामी असार २९ गते आइतवार साइमन पार्टी प्यालेसमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा वितरण गरिने फोनिज कास्कीका अध्यक्ष एम.वी आस्थामगरले जानकारी दिएका छन् ।

पुरस्कारको राशी नगद १५ हजार र सम्मानपत्र रहेको छ । यस अघि उक्त पुरस्कारवाट रीता गुरुङ, तीलक पुन, हर्क आले, शान्ति गुरुङ, एम.वी. आस्थामगर, हुम तमु र राजबहादुर गुरुङ सम्मानित भैसकेका छन् ।