मुस्लिम र ताङ्वे समाजको समर्थन बाम गठबन्धनलाई, कांग्रेस दलाल पुँजीवादको पक्षमा : करण

पोखरा । कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले लुटाहा र फटाहा वर्तमान शासन प्रणाली अन्त्यका लागि बाम गठबन्धनलाई जिताउन आग्रह गरेका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत बाम गठबन्धनका मजदुरहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै ‘करण’ले लुटाहा र फटाहा शासन प्रणाली अन्त्य गरी गरीब, दलित, महिला, पिछडा वर्ग तथा मजदुर सबैको समान हैसियत बनाउने लोकतान्त्रिक समाजवादका लागि बाम गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् ।

उम्मेद्वार ‘करण’ले बाम गठबन्धनले मात्र मुलुक र मजदुरको मुहार फेर्न सक्ने बताए । कांग्रेस दलाल पुँजवादी तन्त्रको पक्षपाती भएको आरोप लगाउँदै त्यसलाई पराजित गर्न मजदुरहरुलाई अपिल गरे । दलाल पुँजीवादको पक्षपाति कांग्रेसले चुनाव जिते विदेशीको गोटी बनेर मजदुरको शोषण गर्ने उनको आरोप थियो । उनले भने,‘दलाल पुँजीवादी कांग्रेसले जिते मजदुर शोषित हुन्छ र विदेशी शक्तिको आडमा थोरैमात्र धनी वर्गको हालीमुहाली हुन्छ ।’

पूर्व सांसद तथा मजदुर नेता चुडामणी जंगलीले बाम गठबन्धन श्रमिक पक्षीय गठबन्धन भएको बताए । उनले बाम गठबन्धनको स्थिर सरकार बनेमात्र मजदुरको माग पूरा हुने र जीवनस्तर पनि उकासिने बताए । नेता जंगलीले लोकतन्त्रप्रतिको निष्ठामा बाम गठबन्धनप्रति कसैले आंैला ठड्याउन नसक्ने बताउँदै अब बाम गठबन्धनले लोकतन्त्रलाई जीवन पद्धति नै बनाउने बताए । अब देश धेरै दिन गरीब रहन नसक्ने र रहन पनि नदिने बताउँदै उनले बाम गठबन्धनले निर्वानमा जिते ५ वर्षमा देशमा कायापलट गर्ने बताए ।

यसैबीच, ताङ्वे सेवा समाज पोखराले बाम गठबन्धनलाई जिताउने प्रतिबद्धता जनाएको छ । ताङ्वे सेवा समाजले शनिबार विहान एक कार्यक्रम गरी बाम गठबन्धनका उम्मेद्वार ‘करण’, रबिन्द्र अधिकारीलगायतलाई जिताउने बताएका हुन् । सो अवसरमा बोल्दै उम्मेद्वार ‘करण’ले पोखरामा विकास भए मनाङ र मुस्ताङलाई पनि फाइदा हुने भएकाले बाम गठबन्धनलाई जिताउनको लागि भूमिका खेलिदिन आग्रह गरेका थिए ।

कास्की २ को क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वार ‘करण’सहितको टोलीले शनिबार रामकृष्णटोल, बगालेटोललगायतका क्षेत्रमा घरदैलो गरिरहेको छ । घरदैलोका क्रममा मुस्लिम समुदायकाले बाम गठबन्धनप्रति आफूहरुको विश्वास रहेको भन्दै मत दिएर बिजयी गराउने प्रतिबद्धता जनाएका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment