कोपिला नेपाललाई अम्रेलाको सहयोग

पोखरा ।

खहरेमा अवस्थित अम्रेला क्याफेले यस आ.व. भित्र कोपिला नेपाललाई सहयोग गर्ने रकम आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।

क्याफेबाट प्राप्त गरेको रकम र हप्तामा हुने सेकेन्ड हेन्ड मार्केटको ५० प्रतिशत गरी आ.व. भित्र १ लाख ३२ हजार रकम उठेकोमा उक्त रकम क्याफेका संचालक सितामान घिसिङले आज कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवाललाई हस्तान्तरण गर्नुभएको छ । अम्रेला क्याफेको तर्फबाट संचालक सितामान घिसिङ र कोपिला नेपालको तर्फबाट कार्यकारी निर्देशक बिना शिलवालले सहयोग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सो रकम बिशेष गरेर किशोरीहरुको शैक्षिक बिकास, स्कुल फि, सशक्तिकरण सम्बन्धि टे«निङ लगायतका बिषयमा रकमको उपयोग गर्ने कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवालले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अम्रेला क्याफेका संचालक सितामान घिसिङले आफुले गरेको यो सहयोग निरन्तर चलिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विभिन्न नक्कली संस्था बनाएर सहयोग माग्ने प्रविधि बढेको भन्दै यस्ता बिषयप्रति चनाखो रहन आवश्यक रहेको बताउनुभयो । उहाँले यस संस्थाबाट गरिने हरेक क्रियाकलापले आत्मा सन्तुष्टिको अनुभुति गराउने र सही ठाउँमा सहयोग गर्ने अवसर प्राप्त भएको प्रति खुसी प्रकट गर्नुभयो । उक्त सम्झौता–पत्रमा अर्को बर्षको लागि अम्रेला क्याफेले रु ५० हजार कोपिला नेपाललाई डोनेट गर्ने र हप्तामा हुने सेकेन्ड हेन्ड मार्केटको ५० प्रतिशत सहयोग गर्ने कोपिला नेपालका प्रशासनिक तथा विक्तिय संयोजक नवराज ढकालले जानकारी दिनुभयो । सो कार्यक्रमको सञ्चालन संस्थाका डकुमेन्टेसन एवं फन्ड राईजर क्षमता खड्काले गर्नुभएको थियो ।