प्रदेश नम्बर ४ लाई शैक्षिक हव बनाउने पूर्वमन्त्री किरण गुरुङको घोषणा

आरके पोख्रेल/तनहुँ ।
तनहुँ निर्वाचन क्षेत्र २ प्रदेश सभा २ का उम्मेदवार तथा मुख्य मन्त्रीका प्रस्तावित उम्मेदवार किरण गुरुङले प्रदेश नम्बर ४ लाई शैक्षिक हवको रुपमा विकास गर्ने घोषणा गरेका छन् । भिमाद नगरपालिकाको वडा नम्बर ६ मा आयोजित कार्यक्रममा उनले आफू प्रदेशको मुख्यमन्त्री भैसकेपछि नेपालका मात्र नभई विश्वका सबै विद्यार्थीहरु शिक्षाका लागि प्रदेश नम्बर ४ मा आउने वातावरण बनाउने दावी गरे ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ४ का संयोजक समेत रहेका उनले अहिले शिक्षा क्षेत्रमा कालो बजारले व्यापकता पाएको बताउँदै अब शिक्षा क्षेत्रका सबै खाले विभेदको अन्त्य गर्ने ठोकुवा गरे । शिक्षाबाट कसैलाई पनि बन्चित नगर्ने बताउँदै प्रदेश ४ का सबै नागरिक शिक्षाको उज्यालो घामबाट बन्चित नहुने उनको दावी छ । उनले देशमा शिक्षा क्षेत्रको विकासका लागी बाम गठबन्धनलाइ बिजय गराउन सबैमा आग्रह गर्दै बामपंथीको जित नै जनताको जित हुने बताए ।

कार्यक्रममा भिमाद नगरपालिकाका मेयर मेख थापा, एमाले जिल्ला उपसचीव बिष्णुभक्त सिग्देल, माओवादी केन्द्र केन्द्रिय सदस्य रामबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment