सञ्चारकर्मी इच्छा र शीलुले भारतीय ब्रान्ड ‘लाभा’ नेपाल भित्र्याए

असार १३, पोखरा

आरजे एवम् भीजेको रुपमा परिचय स्थपित गराएका दुई सञ्चारकर्मी इच्छा गुरुङ ‘शाह’ र शीलु अधिकारी ‘श्रेष्ठ’ले भारतीय लोकप्रिय ब्रान्ड ‘लाभा’ नेपाल भित्र्याएका छन् ।

लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्ध भई काम गर्दै आएका सञ्चारकर्मी द्वय इच्छा र शीलुले साझेदारीमा भारतीय एथेनीक वेयर्स ‘लाभा’ को स्टोर्स सञ्चालनमा ल्याएका हुन् । लाभाको स्टोर्स राजधानी काठमाडौंको सुन्धारास्थित सिभिल मलको पहिलो तलामा रहेको छ ।

‘लाभा स्टोर्स’ पसल नम्बर ११२ ‘ए’ को बिहीबार बरिष्ठ ब्युटिसियन कमला श्रेष्ठ, वष्ठि गायिका कुन्ती मोक्तान, सञ्चारकर्मी एवम् फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धर र उद्यमी निता पौडेलले उद्घाटन गर्नुभयो ।

बिशेष गरि महिलाहरूलाई लक्षित गरि सञ्चालनमा ल्याइएको ‘लाभा’ फेशन स्टोरमा स्टोर्समा कुर्ति सेट, पार्टी सेट, टप्स, सर्ट, लेगिज, प्लाजो, लेहेंगा, पटियाला, सरारा, लेडिज पार्टी व्यागलगायत थुप्रै आइटमहरु पाइने सञ्चालक इच्छाले बताउनुभयो । ‘लाभा’मा अन्तभन्दा सर्वसुलभ मूल्यमा सामान पाइने र केही समयका लागि विशेष छुटको अफर पनि रहेको उहाँको भनाई छ ।

हरेक प्रोफेशनको महिलाहरूलाई सहज हुने पहिरनहरु उपलब्ध गराउनु ‘लाभा’को प्रयास सधैँ रहने अर्का सञ्चालक शीलुले बताउनुभयो । भारतीय बजारमा लोकप्रिय ‘लाभा’का सबै डिजाइनहरु आकर्षक र स्तरिय रहेकाले पालमा पनि त्यतिकै लोकप्रिया हुने शीलुको विश्वास छ ।

इच्छा र शीलु विगत लामो समयदेखि इमेज एफएम हुँदै जनता टेलिभिजनमा कुशल भीजेका रुपमा काम गर्दै आउनु भएको छ ।