कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

१३ असार, पोखरा।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गत जेठ २५ र २६ गते लिइएको कोरियन भाषा परीक्षाको नतिजा गएराति प्रकाशित भएको छ ।

ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ ।

जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ ।

परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।